साहित्य

जन्मघर

झुपडी नि महल बन्छ सबले मेहेनत गरेपछि
रित्तो डाली चुलिनेछ सबको हातले भरेपछि ।

“नारी”, कविता : आविष्कार कला

पीडाका असंख्य भारी बोकेर
सन्तानकालागि
सूर्यको उज्यालो किरण
चन्द्रमाको शीतलता
निरन्तर दिइरहने
आमाहरू नै हुन्
संसारका ठूला विश्वविद्यालयहरू ।।

आँखाका दुई नानी
मुटुको धड्कन
नशा नशामा बहने रगत भन्दा
प्यारो सन्तानकालागि
संसारका ठूला तिर्थस्थल हुन् नारीहरू।।

सन्तानको इन्च इन्च प्रगतिमा
खुसी र हँसिलो अनुहार
बनाएर
ठूलो राजमार्गमा
मार्गदर्शन गराउनेको
अर्को नाम हो नारी ।।

कपिल पान्डे एडिलेड, अष्ट्रेलिया
मलाई पनि खान मन छ लड्डु,कविता:कपिल पान्डे

       कपिल पान्डे एडिलेड, अष्ट्रेलिया

हो, मलाई पनि खान मन छ लड्डु,
तर, देश रोएको बेला होइन,
मेरो देश हाँसेको बेला ।
आफन्त सङ जित हासिल गर्दा होइन,
भाइ भाइ मिलेर पराईलाई धुलो चटाँउदा ।
तर बिडम्बना,
मेरो देशका,शासकहरु,
आफ्नो पद र प्रतिस्ठा जोगाउन,
घर झगडालाई मजाक बनाउदै,
जग हँसाउदै,
छिमेकी गुहार्न पुग्छन ।

खै कसरी खाउँ म लड्डुरु
जब, पिडा साथ जोडेको सम्पतीको,
ठूलो भाग खान,
आफुलाई जन्मदिने आमालाई,
लछारपछार गरि रहन्छन ।

हो, मलाई पनि खान मन छ लड्डु,
तर, देश रोएको बेला होइन,
मेरो देश हाँसेको बेला ।
तर बिडम्बना,
मेरो देशका शासकहरु,
ज्ञमतालाई पन्छाएर,
चाकरीबाजहरुलाई जिम्मेवारी सुम्पदै,
आफ्नो गुणगान सुदै, आत्मरथीमा रमाँउछ्न ।

खै कसरी खाउ म लड्डुरु
जब, देशले लगानी गरेर पडाएका नौजवानहरु,
देशमा अबसर नपाएर ,
आफुलाई जन्मदिने आमा बाहरु लाई रुहाँउदै,
मन भारी बनाउँदै, बिदेश भासिइ रहन्छन।

हो, मलाई पनि खान मन छ लड्डु,
तर, देश रोएको बेला होइन,
मेरो देश हाँसेको बेला ।
तर बिडम्बना,
मेरो देशका शासकहरु,
देश बनाउन पर्ने हातरुले,
रगत र पसिना बगाएर कमाएको रेमिटेन्समा,
राल काट्दै,
आर्थिक बिकासको गफ हाँकी रहन्छन् ।

खै कसरी खाउ म लड्डुरु
जब, दुस्ख साथ हुर्काएका चेलिहरु,
बलात्कारको सिकार बन्दा,
मेरो देशको गृह प्रशासन,
बलात्कारि र हत्याराहरु सङ भोजमा रमाई रहन्छन।

हो, मलाई पनि खान मन छ लड्डु,
तर, देश रोएको बेला होइन,
मेरो देश हाँसेको बेला ।
तर बिडम्बना,
मेरो देशका शासकहरु,
भाषणमा, जनतामा सार्बभौमसत्ता छ भन्दै,
तेहि जनतालाई भर्र्याङ् बनाउदै,
सत्ता र शक्ति हात पारेपछि,
जनताको पेट्मा लात हानि रहन्छन् ।

खै कसरी खाउ म लड्डुरु
जब, देशकालागि बलिदान दिएका सहिदका परिबारहरु,
दुई छाक खान नपाएर,
पटुकीहरुले पेट कसि रँहदा,
मेरो देशका नेताहरु तारे होटेलमा रमाई रहन्छन।

हो, म पनि खान्छु लड्डु,
तर त्यो दिन,
जुन दिन, मेरो देशमा,
नेताहरुको राज समाप्त भएर,
जनताको राज चल्नेछ ।

हो, म अघाउन्जेल खान्छु लड्डु,
त्यो दिन, जुन दिन,
सधैंकालागि बिदेशी भुमीलाई बिधाई गर्दै,
गर्व साथ आफ्नो देश फर्कदा,
नेपालको अन्तरास्ट्रिय एर्पोटमा,
फेरि कहिलै नबिदेसिने कसम खाँदै,
मेरा आफन्त जन र आमा बा हरुका हातबाट,
धित मरुन्जेल ।

कविता सङग्रह “चुल्ठो”

मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो” जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार […]

केही प्रश्नहरू

परिश्रम लुटे्नेहरूलाई होइन
दश नंग्रा खियाउनेहरूलाई सोध
कति कष्ट भोगेर
चलेका हुन्छन् जीवनहरू

यै नै उचित मौका हो

    मानिस जब निद्राबाट ब्युँझन्छन् देश चिनाउने सूर्य उदाउँछन् र उज्यालोले खोलिदिएको आफ्नै संसारमा मानिस रमाउँछन् उज्यालो राम्ररी चिनेर […]

भ्रम

  तीन टुक्रा   १ केही मोटरसाइकल चालकहरू कतै रोकिन मान्दैनन् कुनाकाप्चा घुमाइ मोडाइ अर्घेलो होस् वा जालझेल कतै अड्न […]

IME Remittance