“नारी”, कविता : आविष्कार कला

        आविष्कार कला

पीडाका असंख्य भारी बोकेर
सन्तानकालागि
सूर्यको उज्यालो किरण
चन्द्रमाको शीतलता
निरन्तर दिइरहने
आमाहरू नै हुन्
संसारका ठूला विश्वविद्यालयहरू ।।

आँखाका दुई नानी
मुटुको धड्कन
नशा नशामा बहने रगत भन्दा
प्यारो सन्तानकालागि
संसारका ठूला तिर्थस्थल हुन् नारीहरू।।

सन्तानको इन्च इन्च प्रगतिमा
खुसी र हँसिलो अनुहार
बनाएर
ठूलो राजमार्गमा
मार्गदर्शन गराउनेको
अर्को नाम हो नारी ।।

Prabhu Bank
IME Remittance