सर्वोच्चको फैसलापछि सांसद किनबेच गर्न ‘पावर ब्रोकर’को मास्टर प्लान !
सरकार लडाउन र टिकाउन सांसद किन्ने र बेच्ने कार्यले तिब्रता पाउनेछ । नेता खरिद तथा बिक्रीको मार्केट गुल्जार हुनेछ । जन्तिपनि हुने योग्यता नभएकालाई मन्त्री पड्काउने यो उत्तम अवसर हो । मन्त्री नभएपनि चुनाव खर्च उठाउने सर्वोत्तम समय हो । यसका लागि पार्टीका सीइओहरुसँग डाईरेक्ट ‘डील’ गर्नु आफुले आफैंलाई हलाल गर्नु हो । शक्तिका दलाल मार्फत् किनबेच हुनु मालामाल मालामाल हुनु हो ।
जनताको अभिमतलाई खरिद बिक्री गर्न ईच्छुक माननीय सांसद तथा नेताहरुलाई ‘पावर ब्रोकर एसोसियसन, नेपाल’ मौकाको फाईदा उठाउन हार्दिक आह्वान गर्दछ । ‘पावर ब्रोकरिङ’मा हाम्रो तिसबर्षे अनुभव भन्छ- काङ्ग्रेस होउन् वा कम्युनिस्ट, राजावादी होउन् वा मधेशवादी – हामी हरेकलाई उचित मूल्य र अवमुल्यमा किन्न र बेच्न सक्छौं ।
माननीयको विनिमय दर
पद | खरिद दर | बिक्री दर | कैफियत |
सांसद– प्रतिनिधि सभा | रु. ५० लाख मात्र | रु. ५० लाख १ हजार मात्र | गुटै लिनेलाई छुट |
सांसद – राष्ट्रिय सभा | रु. २० लाख मात्र | रु. २० लाख ९०० मात्र | व्यापारीलाई विशेष |
समानुपातिक | रु. ३५ लाख मात्र | रु. ३५ लाख ४ सय मात्र | नो बार्गेनिङ्ग |
स्वतन्त्र | रु. ४५ लाख मात्र | रु. ४५ लाख ७ हजार मात्र | मंत्री बन्ने पक्का |
नेता – संसदीय दल | रु. ६० लाख मात्र | रु. ६० लाख ५ रुपैंयाँ मात्र | कमिसनको व्यवस्था |
उपनेता – संसदीय दल | रु. १५ लाख मात्र | रु. १५ लाख ३०० मात्र | कमिसन छैन |
सचेतक | रु. १० लाख मात्र | रु. १० लाख ५ हजार मात्र | फिप्टी फिप्टी |
श्रोत : | |||
gajureal.com |
शर्तहरु :-
-होटेलमा बस्नु परेमा २०% सेवाशुल्क लाग्नेछ ।
-बिक्री भईसकेका सांसद फिर्ता हुने छैनन् ।
-अपहरित सांसद किनबेचको डबल चार्ज लाग्नेछ ।
-राम-रमाईलो गर्नु गराउनु परेमा माथीको लागत थाई भाटमा लिईनेछ ।
-डाईरेक्टर
पोलिटिकल पावर-ब्रोकर एसोसिएसन, नेपाल