मानिस जब निद्राबाट ब्युँझन्छन्
देश चिनाउने
सूर्य उदाउँछन्
र उज्यालोले खोलिदिएको
आफ्नै संसारमा
मानिस रमाउँछन्
उज्यालो राम्ररी चिनेर
उज्यालो राम्ररी बुझेर
आफ्नो काम सकाउँछन्
जब किरणका हरपहरू
खग्रासले ढाकिदिन्छ
भनौं जब अन्धकारले
ती हरपहरूमा धावा बोल्छ
अनि मुर्कट्टा रमाउँछ
सानैमा सुनेको मुर्कट्टाको
टाउको हुँदैन
त्यसैले उसको गिदी हुँदैन
र त मस्तिष्क पनि हुँदैन
मात्र हात खुट्टा हुन्छ
मानिस तर्साउन ऊ
कहिले हातले शब्द बनाउँछ
कहिले लातले अक्षर चलाउँछ
अहिले ऊ गजधम्म एउटा
आसनमा बसेको छ
कसैले धकेल्ला भनेर
सरेस दलेर
आँफूलाई टाँसेको छ
र अजम्बरीको ताली पिटेको छ
न्यायलाई मुट्ठीभित्र निचोर्न
खोजेको थ्यो
सबैको मेहनतले
उसलाई पÞmुस्काइएको छ
र न्याय अब स्वतन्त्र हुन् पुगेको छ
उज्यालोका हरपहरू
नमेटिने गरेर कोरिएको छ
उज्यालोमा मुर्कट्टा टिक्नै सक्दैन
ऊ एकपल्ट फेरि अन्धकार कोर्न
तम्सिरहेको छ
र त्यै अन्धकारमा
आसन सुरक्षित पार्न खोज्दै छ
यतिखेर हामीलाई धेरै ठूलो
जिम्मेवारी आएको छ
अन्धकारलाई किला ठोकेर
बाँध्नु परेको छ
र उज्यालोको मुहान
खोलेर
घरघरबाट मुर्कट्टाको त्राश
हटाउनु परेको छ ।