कविता

“नारी”, कविता : आविष्कार कला

पीडाका असंख्य भारी बोकेर
सन्तानकालागि
सूर्यको उज्यालो किरण
चन्द्रमाको शीतलता
निरन्तर दिइरहने
आमाहरू नै हुन्
संसारका ठूला विश्वविद्यालयहरू ।।

आँखाका दुई नानी
मुटुको धड्कन
नशा नशामा बहने रगत भन्दा
प्यारो सन्तानकालागि
संसारका ठूला तिर्थस्थल हुन् नारीहरू।।

सन्तानको इन्च इन्च प्रगतिमा
खुसी र हँसिलो अनुहार
बनाएर
ठूलो राजमार्गमा
मार्गदर्शन गराउनेको
अर्को नाम हो नारी ।।

कपिल पान्डे एडिलेड, अष्ट्रेलिया
मलाई पनि खान मन छ लड्डु,कविता:कपिल पान्डे

       कपिल पान्डे एडिलेड, अष्ट्रेलिया

हो, मलाई पनि खान मन छ लड्डु,
तर, देश रोएको बेला होइन,
मेरो देश हाँसेको बेला ।
आफन्त सङ जित हासिल गर्दा होइन,
भाइ भाइ मिलेर पराईलाई धुलो चटाँउदा ।
तर बिडम्बना,
मेरो देशका,शासकहरु,
आफ्नो पद र प्रतिस्ठा जोगाउन,
घर झगडालाई मजाक बनाउदै,
जग हँसाउदै,
छिमेकी गुहार्न पुग्छन ।

खै कसरी खाउँ म लड्डुरु
जब, पिडा साथ जोडेको सम्पतीको,
ठूलो भाग खान,
आफुलाई जन्मदिने आमालाई,
लछारपछार गरि रहन्छन ।

हो, मलाई पनि खान मन छ लड्डु,
तर, देश रोएको बेला होइन,
मेरो देश हाँसेको बेला ।
तर बिडम्बना,
मेरो देशका शासकहरु,
ज्ञमतालाई पन्छाएर,
चाकरीबाजहरुलाई जिम्मेवारी सुम्पदै,
आफ्नो गुणगान सुदै, आत्मरथीमा रमाँउछ्न ।

खै कसरी खाउ म लड्डुरु
जब, देशले लगानी गरेर पडाएका नौजवानहरु,
देशमा अबसर नपाएर ,
आफुलाई जन्मदिने आमा बाहरु लाई रुहाँउदै,
मन भारी बनाउँदै, बिदेश भासिइ रहन्छन।

हो, मलाई पनि खान मन छ लड्डु,
तर, देश रोएको बेला होइन,
मेरो देश हाँसेको बेला ।
तर बिडम्बना,
मेरो देशका शासकहरु,
देश बनाउन पर्ने हातरुले,
रगत र पसिना बगाएर कमाएको रेमिटेन्समा,
राल काट्दै,
आर्थिक बिकासको गफ हाँकी रहन्छन् ।

खै कसरी खाउ म लड्डुरु
जब, दुस्ख साथ हुर्काएका चेलिहरु,
बलात्कारको सिकार बन्दा,
मेरो देशको गृह प्रशासन,
बलात्कारि र हत्याराहरु सङ भोजमा रमाई रहन्छन।

हो, मलाई पनि खान मन छ लड्डु,
तर, देश रोएको बेला होइन,
मेरो देश हाँसेको बेला ।
तर बिडम्बना,
मेरो देशका शासकहरु,
भाषणमा, जनतामा सार्बभौमसत्ता छ भन्दै,
तेहि जनतालाई भर्र्याङ् बनाउदै,
सत्ता र शक्ति हात पारेपछि,
जनताको पेट्मा लात हानि रहन्छन् ।

खै कसरी खाउ म लड्डुरु
जब, देशकालागि बलिदान दिएका सहिदका परिबारहरु,
दुई छाक खान नपाएर,
पटुकीहरुले पेट कसि रँहदा,
मेरो देशका नेताहरु तारे होटेलमा रमाई रहन्छन।

हो, म पनि खान्छु लड्डु,
तर त्यो दिन,
जुन दिन, मेरो देशमा,
नेताहरुको राज समाप्त भएर,
जनताको राज चल्नेछ ।

हो, म अघाउन्जेल खान्छु लड्डु,
त्यो दिन, जुन दिन,
सधैंकालागि बिदेशी भुमीलाई बिधाई गर्दै,
गर्व साथ आफ्नो देश फर्कदा,
नेपालको अन्तरास्ट्रिय एर्पोटमा,
फेरि कहिलै नबिदेसिने कसम खाँदै,
मेरा आफन्त जन र आमा बा हरुका हातबाट,
धित मरुन्जेल ।

कविता सङग्रह “चुल्ठो”

मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो” जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार […]

केही प्रश्नहरू

परिश्रम लुटे्नेहरूलाई होइन
दश नंग्रा खियाउनेहरूलाई सोध
कति कष्ट भोगेर
चलेका हुन्छन् जीवनहरू

यै नै उचित मौका हो

    मानिस जब निद्राबाट ब्युँझन्छन् देश चिनाउने सूर्य उदाउँछन् र उज्यालोले खोलिदिएको आफ्नै संसारमा मानिस रमाउँछन् उज्यालो राम्ररी चिनेर […]

भ्रम

  तीन टुक्रा   १ केही मोटरसाइकल चालकहरू कतै रोकिन मान्दैनन् कुनाकाप्चा घुमाइ मोडाइ अर्घेलो होस् वा जालझेल कतै अड्न […]

अचेल साँढे बहुलाएको छ

  एउटा साँघुरो र हिले डोरेटो अर्काले कोरिदिएको राज गर्दैरहेथ्यो धेरै कालसम्म हाम्रो गाउँमा कहिले चिप्ल्याएर हिलोले कहिले दुखाएर ढुङ्गाहरूले […]

कात्रो, कविता : निलिमा पुन

कात्रो किनेर राख्नु मेरी आमा म एकसरो कपडामा घर बाहिर निस्किएकी छु घाँसदाउरा गर्दा बनमा एक्लै हुन्छु स्कुल जाँदाआउदा बाटोमा […]

कविता,यो हात बाँध्ने बेला होइन : सुनील कुमार पौड्याल

भीरबाट पहिरोले घिसार्दै ल्याएर
एउटा ढुङ्गालाई गुम्लुङ्ग आफ्नो पछ्यौरीले
घाँटीसम्म छोपेर हिलो र धूलोले
राहत बिसाएको थियो
गाउँलेले बडो जतन र माया दिएर त्यसलाई
गाउँ किनारमा राखेर
धूलो र हिलो धोई पखाली पुछपाछ गरेर
कहिले नबिग्रियोस् भनी
सक्कली पालिस पोतेर
उसलाई टलक्क टल्काए
उसलाई पूजा गरेर भगवान बनाए ।

ढुङ्गाको शिर हुँदैन
त्यसैले उसको दिमाग हुँदैन
भगवान बनेको दम्भले
समतलको माटोलाई थिच्दै थिच्दै
ओरालो लगाएर
उतातिरको गाउँलेले धकेल्दा
खुसी खुसी घस्रिदै
गाउँ जोगाएको बहानामा तिनलाई
अझै बढ्न दिएर
म भगवान हुँ भन्ने दम्भले
वरिपरिको बाली छरपष्ट पारेर
प्रगतिका डोबहरू छताछुल्ल पारेर
गजधम्म राजमार्ग छेकेर बसेको
अहिले गाउँलेहरूले बुझ्न थाले ।
फालिएको ढुङ्गालाई भगवान भनेर पूज्ने
केही गाउँलेहरूअहिले मर्माहत भएकाछन्
ढुङ्गा र भगवानको भेदमा चुक्न पुगेर
पछुताइरहेकाछन्
र त बाँकी गाउँलेहरू सँग मिलेर
अहिले त्यस ढुङ्गालाई उखेल्ने तरखरमा छन्
त्यसलाई खोप्दै खोप्दै
मरन्च्याँसे बनाउने चेस्टामा लागेका छन्
यस्तोबेला प्रगतिको बाधक
आश्रयदाताकै सर्वनाशक
त्यस मूढ ढुङ्गा टुक(याउने काममा
हामी पनि हात बढाऔं साथी
सबैले हात बढाऔं ।

कविता,उजाडिएको बस्ति : धनबहादुर थापा

उजाडिए बस्तिहरु ।
मुग्लान पसे युबाहरु ।
सुन्य भए घर गोठहरु ।
खै के भनु म , निसब्द छन मेरा ओठहरु।
मन मोहक सौन्दर्य आज
प्रदेशिको पर्खाईमा एक्लै टोलाई रहेछ ।
फर्क अब छिट्टै फर्क तिमि भनि बोलाई रहेछ ।
ए प्रदेशि तिमि फर्क भनि बोलाई रहेछ ।

खोला नाला छहरामा ।
भिर पाखा पहरामा।
घास पात लता लहरामा ।
हिउ फुल्ने टाकुराले ।
फुल फुल्ने आकुराले ।
नया युगको सन्देश बोकेर आउ तिमि भनिरहेछ ।

सङै हाँसौ सङै नाचौ पिरति पनि गाँसौ ।
भन्दै तिम्रै पर्खाईमा मुस्कुराइ रहेछ ।
यो उजाड बस्ति तिम्रै पर्खाईमा ।
एकोहोरो टोलाई रहेछ ।
तिमिलाई नै बोलाई रहेछ ।

IME Remittance