कविता,उजाडिएको बस्ति : धनबहादुर थापा

धन बहादुर थापा, काेरिया

उजाडिए बस्तिहरु
मुग्लान पसे युबाहरु
सुन्य भए घर गोठहरु
खै के भनु म , निसब्द छन मेरा ओठहरु।

मन मोहक सौन्दर्य आज
प्रदेशिको पर्खाईमा एक्लै टोलाई रहेछ
फर्क अब छिट्टै फर्क तिमि भनि बोलाई रहेछ
ए प्रदेशि तिमि फर्क भनि बोलाई रहेछ ।

खोला नाला छहरामा
भिर पाखा पहरामा
घास पात  लहरामा
हिउ फुल्ने टाकुराले
फुल फुल्ने आकुराले
नया युगको सन्देश बोकेर आउ तिमि भनिरहेछ ।

सङै हाँसौ सङै नाचौ पिरति पनि गाँसौ
भन्दै तिम्रै पर्खाईमा मुस्कुराइ रहेछ
यो उजाड बस्ति तिम्रै पर्खाईमा
एकोहोरो टोलाई रहेछ
तिमिलाई नै बोलाई रहेछ ।

IME Remittance