महासागरसँग निकटता जताइरहने अर्थात उसकै छेउछाउ एकजुट भएर दुम्किरहने ढुङ्गाका छेकवारको वास्ता महासागरले जति अरू कसले गर्ला ! हुनपनि त्यो स्वाभाविक मात्र हैन प्राकृतिक पनि हो । जो नजिक भैरहन्छ त्यसको वास्ता, मोलाहिजा नगरे नजिक हुनुको मतलब नैं के भयो र !


