राष्ट्रिय

राजा फर्किन्छ भन्नेहरू मुर्ख हुन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा फेरि राजा फर्किन्छ भन्नेहरू मुर्ख भएको बताएका छन्। शनिबार दाङको तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा […]

भाेलिदेखि विद्युतीय बस सन्चालनमा

वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत बनाइरहेको काठमाडौंको सार्वजनिक यातायातमा सोमबार(भोली)बाट विद्युतीय बस सन्चालनमा अाउने भएका छन । को सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थाल्न लागेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै


चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ नेपाल आउन लागेका हुन् । वाङ पाकिस्तान हुँदै नेपाल आउने कुरा जनाइएकाे छ ।

देशलाई ‘कम्युनिष्ट स्टेट’ बनाउन लागेको नेपाली काँग्रेसकाे आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार देशलाई ‘कम्युनिष्ट स्टेट’ बनाउने बाटोमा लागेको आरोप लगाएका छन्।

वाइडबडीको उडान

नेपाल वायुसेवा निगमले वाइडबडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलोपटक उडान भरेको छ ।काठमाडाैबाट जापानकाे ओसाकाकाे लागि आज बिहान बिहान २ः३८ बजे प्रस्थान गरेको विमान साढे ६ घण्टापछि आज ओसाका पुगेको राससका समाचारदाता सिवी अधिकारीले जानकारी दिनुभयो ।

मलाई गरिएको कार्वाही भिन्न विचारमाथिको हमला हो

क्रान्तिकारी विचारलाई प्रचार प्रसार गर्दै आएको राष्ट्रिय साप्ताहिक हाँकका प्रधान सम्पादक तथा प्रकाशक गोविन्दसिंह थापाले आफुमाथि नेकपा (मसाल)ले गरेको कार्वाइलाई क्रान्तिकारी विचारमाथिको हमला बताउनु भएको छ । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले हिजो एक प्रेश बक्तव्य जारी गर्दै गोविन्दसिंह थापालाइ पार्टीबाट निस्काशन गरेको कुरा सार्वजनिक गर्नु भएको थियो ।

कामकाे लागि नेपाल आउन थाले विदेशी कामदार

नेपालीहरु काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम चलिरहेकाे बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरु आउने गरेको पाइएको छ ।विभिन्न तथ्यांकहरूले विदेशमा काम गर्न जानेकाे संख्या खट्दै गएकाे विवरण संचार माध्यमहरूमा प्रकाशित भएकाे छ । काम गर्न जानेकाे संख्या घट्नु र रेमिट्यान्स भने बढेकाे देखिनु मुलुककाे अर्थव्यबस्थामा सकारात्मक संकेत मान्नु पर्छ ।

जेष्ठ नागरिकलाइ अाधा रकम छुट

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणा गरेका छन ।

चीनबाट निःशुल्क तस्वीर

भदाै ९ गते । चीन सरकारले नेपाललाइ निःशुल्क भुउपग्रहीय तस्वीर उपलब्ध गराउँदै अाएकाे छ । विकासनिर्माण र पूर्वाधार विकासका लागि […]

धरौटीमा रवि लामिछाने रिहा

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना रिहा भएका छन् । जिल्ला अदालत चितवनले आज लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने ‘रुकु कार्की’लाई साधारण तारेखमा रिहा गरेको हो ।

IME Remittance