भदाै १२ गते , काठमाडाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार देशलाई ‘कम्युनिष्ट स्टेट’ बनाउने बाटोमा लागेको आरोप लगाएका छन्।
‘यो सरकार कम्युनिष्ट सरकार नै होइन । उनीहरू कम्युनिष्ट स्टेट बनाउन चाहन्छन्,’ नेपाल प्रेस युनियनले ललितपुरमा गरेको अन्तर्क्रियामा देउवाले भने, ‘मुलुकलाई कम्युनिष्ट स्टेट बनाउने खतरा सरकारबाटै छ।’
उनले प्रजातन्त्र, मानव अधिकार, वाक् तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हमला हुन सक्ने भन्दै लड्ने दिन आउन सक्ने बताए।
‘सरकार सबै क्षेत्र कब्जा गर्न खोज्दैछ,’ उनले भने । (सेताेपाटीबाट) ।