राष्ट्रिय

कुवेतमा सांगीतिक तथा हास्यव्यंग्य कार्यक्रम

२०७६ साल असौज सोह्रगते साँझपख कुवेत विमानस्थलमा झर्दा आकाशमा अलिअलि बादल थियो । नेपालबाट अाउँदा अनुमान गरेजस्तो गर्मीको महशुस यहाँ भएन । कुवेतमा कृयाशील संस्था लालीगुराँस सांस्कृतिक परिवारले दशैँको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रमकोलागि जितु नेपाल र मलाई बोलाएको थियो । इमिग्रेशनबाट बाहिर निस्कँदा कुवेतमा विभिन्न सामाजिक संस्थामा कृयाशील नेपालीरु फुलमाला, खादा, फेटा आदि लिएर स्वागतार्थ उभिएका थिए

नेपाली जहाजमा अष्ट्रेलिया जान आउन पाइने

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट्रेलिया भएको छ ।

गाेविन्दसिंह थापा पुरस्कृत

हाँक साप्ताहिकका प्रकाशक तथा सम्पादक गाेविन्दसिंह थापा पुरस्कृत हुनुभएकाे छ । यस वर्षको “प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार” बाट सम्मानित […]

विवादित काली गण्डकी – तिनाहुँ डाइभर्सनबारे

रुपन्देहीसहित तराईका विभिन्न स्थानमा जनसङ्ख्याको तीव्र वृद्धि भइरहेको र तिनाउमा पानीको सङ्कट गहिरिँदै गएकाले आसन्न सङ्कट टार्न पनि कालीगण्डकी तिनाउ आयोजना उपयोगी हुने धारणा विज्ञहरुको छ । आयोजनाका लागि अनुमानित लागत रु ४० अर्बमध्ये सिँचाइ आयोजनाका लागि रु १८ अरब ४८ करोड लाग्ने अनुमान गरिएको छ । त्यसबाहेक हाइड्रोपावरका लागि रु २१ अरब ६२ करोड लाग्ने छ

सर्वहारा र मगन्ते बीचकाे अन्तर

कैयाैं मानिसहरूले सर्वहारा भनेकाे मगन्ते जस्तै हुन भन्ने धारणा बनाएका हुन्छन । तर यथार्थमा उनीहरू बीचमा ठुलाे अन्तर हुन्छ । त्याे अन्तर सामान्य प्रकारकाे नभएर आधारभुत र गुणात्मक किसिमले नै फरक हुन्छ । त्याे मुलभुत रूपमा चेतना, बर्ग र संघर्षकाे प्रकृतिकाे हिसाबले नै विल्कुलै फरक धरातलमा उभिएकाे हुन्छ ।

केहाे ? बीपी साहित्य

बीपी राजनीतिमा मात्र होइन नेपाली साहित्यमा पनि अत्यन्त स्थापित र सम्मानित नाम हो । उनलाई राजनीतिको घेरामा मात्रै कैद गर्दै अति देवत्वकरण गर्नेहरुको जमात मनग्य रहेको वर्तमान अवस्थामा बीपीका साहित्यिक कृतिहरु र उनले नेपाली साहित्यमा लगाएको गुनबारे नेपाली काँग्रेसभित्रकै केही व्यक्तित्वहरुले बेलाबेलामा भेला भएर चर्चा परिचर्चा गर्ने गरेका छन् ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि गाली

२८ भदौ, नेपालगञ्ज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै राजतन्त्र समर्थक केही युवाहरुले विमान ढीलाे गराएकाे भनेर चर्काे विराेध छन् ।

सामाजिक सुरक्षा कार्यक्रममा सूचीकरणका लागि ढिलाइ नगर्न आग्रह

रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ष विष्टले विद्यालयका शिक्षक, कर्मचारीलाई राहत मिल्ने भएकाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको र कुनै पनि कार्यक्रम शुरुआत गर्दा केही कठिनाइ हुने उल्लेख गर्दै उनले युरोप, अमेरिकालगायत विकसित देशमा लागू भएको उक्त कार्यक्रमले वृद्ध अवस्थामा कसैले पनि अभाव झेल्नु नपरेको बताए ।

IME Remittance