कुवेतमा सांगीतिक तथा हास्यव्यंग्य कार्यक्रम

यात्रा संस्मरण
२०७६.०६.१७,
– जीवन शर्मा


कुवेत । २०७६ साल असौज सोह्रगते साँझपख कुवेत विमानस्थलमा झर्दा आकाशमा अलिअलि बादल थियो । नेपालबाट अाउँदा अनुमान गरेजस्तो गर्मीको महशुस यहाँ भएन । कुवेतमा कृयाशील संस्था लालीगुराँस सांस्कृतिक परिवारले दशैँको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रमकोलागि जितु नेपाल र मलाई बोलाएको थियो । इमिग्रेशनबाट बाहिर निस्कँदा कुवेतमा विभिन्न सामाजिक संस्थामा कृयाशील नेपालीरु फुलमाला, खादा, फेटा आदि लिएर स्वागतार्थ उभिएका थिए । एयरपोर्टको भव्य स्वागत पछि कुवेतको सामुद्री किनारमा रहेको होटल कार्ल्टुनमा गएर हामी बास बस्यौँ । राजदुत दुर्गा भण्डारीको निवासमा वहाँकाे परिवारकाे साथमा साँझको खानापिन भयो । खाना खाएर केहीबेर रमाइला कुराकानी गरिसकेपछि राती अबेर होटलमा नै फर्कियो ।

This image has an empty alt attribute; its file name is kuwait8.jpg


जितुसँगकाे यात्रा गर्न निकै रमाइलो हुन्छ । याे भन्दा अगाडि मलेशिया जाँदा उनीसँग केहि समय यात्रा गरेको याद छ । जितुसँग हिड्दा बाटो काटेको पत्तै हुँदैन । देश र राष्ट्रप्रति पनि उनी निकै संबेदनशील देखिन्छन । राष्ट्रियताकाे सवालबारे हाम्रो धेरै कुरामा दृष्टिकोण मिल्छ ।

भाेलिपल्ट दुइ बजेबाट सुरु भएको कार्यक्रम साँझ छ बजे समापन भएको थियो । कार्यक्रम अति नै आकर्षक भयो । लालीगुराँस सांस्कृतिक परिवारका अध्यक्ष माधव पाैडेल (असल यात्री ) कुवेतका नेपालीबीचमा निकै लोकपृय हुनुहुँदोरहेछ । वहाँका साथमा प्रेमकटुवाल लगाएत लाली गुराँस परिवारका अन्य जिम्मेवार साथीहरुको सकृयता सहभागिताले कार्यक्रम शानदार किसिमले सम्पन्न भयो । कुवेत नेपाली एकता समाजका अध्यक्ष निम बुढामगर तथा महासचीव खुम रायमाझी , उपाध्यक्ष जनक भुसाल, काेषाध्यक्ष अाशा शेरबुजा, सदस्य गाेपाल नेपाली, साथी हरि जीसी र अन्य धेरै साथीहरुसँग निकै उमंगमय भेटघाट भयो । कुवेतका नेपालीबीच समाजसेवामा कृयाशील तथा संगीत प्रेमी समाजसेवी कुमार झापाली ,नेअारएनए उपाध्यक्ष हरि लावती ,साथै कुवेतमा क्रियाशिल विभिन्न संघ संस्थाका प्रतिनिधिहरु ,पत्रकार ,खेलाडी बुद्धिजीवी साथै संगीतप्रेमि दर्शकहरुको बाक्लो उपस्थित थियो । अायोजकले अतिथिहरुलाई ब्याजको सट्टा नेपाली टोपी लगाएर स्वागत गरेर पुर्ण नेपालीपन को झझल्को दर्शाएको थियो । प्रमुख अतिथि र हामी कलाकार हरुलाई लालीगुराँस पन्चे बाजा बजाउने कलाकार साथीहरुले पन्चेवाजा घन्काएर स्वागत गर्दा साच्चिकै नेपालमा नै पो कार्यक्रम भैरहेको छ झैँ भएको थियो माधब शर्माकाे उद्घाेषणबाट सुरू भएकाे कार्यक्रम साँझ करीब छ बजेसम्म चलेकाे थियाे ।

This image has an empty alt attribute; its file name is kuwait5-1.jpg


कार्यक्रमका मुख्य प्रायोजक अलमुल्ला एक्चेन्सका साथी भुवन सुवेदी, निरेम प्रोडक्सनका राज मल्ल दोस्रो दिन विहानकाे खानाकाे व्यवस्था गर्नुहुने चाैतारी रेष्टुरेण्टका साथीहरू अनि रात्रि भोजको व्यवस्थापन गर्नु हुने मित्र डम्बर रिमालको सबै परिवार, लुम्विनी समाजका पुर्व अध्यक्ष रुपेन हमाल, पत्रकार अानन्द अाचार्य ,लालीगुराँस सास्कृतिक परिवारका सस्थापक एवम सरंक्षक बी. बी मल्ल ठकुरी, सरंक्षकहरु राजेन्द्र बिरही ,अरुण लिम्बू ,उमेश पुडासैनी, अास्मा राई अनि ललिता थापा मगर हरु संगको भेटघाट सदा संझनामा रहिरहने छ । हामीलाई गाडिमा अावत जावत गराउने र कुवेत घुमाउने कार्य गर्नु हुने बैदेशिक सरोकार समाजका अध्यक्ष रवि गुरुङ ज्यु ,कल्याणकारी नेपाली युवा समाजका उपाध्यक्ष तथा सिन्धुपाल्चोक सेवा समाजका संरक्षक प्रदिप कार्की तथा चालक जनक कुमार लुईटेल लाई बिशेष धन्यवादका पात्र हुनुहुन्छ । अन्तिममा कुवेत बिमास्थलमा भेट गर्न अाउनु भएका कुवेत को पहिलो सस्था माउन्ट एभरेस्ट स्पोर्टिङ क्लब काठमाडौं ,कुवेत का अध्यक्ष इन्द्र पोखरेल अादि सबै कुवेतमा कार्यरत सबैमा कृतज्ञता प्रकट गर्दै , सम्झदै सम्झदै नेपाल फर्कियाे ।

याे पढ्नुहाेस
https://titopati.com/2019/10/05/17964/

याे पनि हेर्नुहाेस ः

4 अक्टुवर 2019 मा कुवेतमा भएकाे कार्यक्रमकाे झलक ।
https://www.facebook.com/prem.katawal.90/videos/440388620162249/?t=37
प्रेम कटुवालकाे फेसबुकबाट


https://www.youtube.com/watch?v=GinsK0YRbd0&feature=youtu.be

IME Remittance