संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो १४१ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन । यसमध्ये आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत हवाई भाडा छूट दिने घोषणा समेत गरेका छन ।
सरोकारवालासँग छलफल गरी तीन महिनाभित्र यो घोषणा कार्यान्वयन गराउने मन्त्री भट्टराईले बताएका छन् । ‘यसको कार्यान्वयनमा वायुसेवा कम्पनीको समेत भूमिका हुने भएकाले सरोकारवालासँग छलफल आवश्यक छ,’ उनले भने ।
मन्त्रालयले यस घोषणाको कार्यान्वयनमा मन्त्रालय, प्राधिकरण र वायुसेवा कम्पनीहरुलाई जिम्मेवार निकाय तोकेको छ । यो कार्यक्रम वित्तीय अनुशासनभित्रै बसेर गरिएको भन्दै मन्त्री भट्टराईले स्रोतको व्यवस्थापनमा समस्या नहुने समेत आश्वासन दिएका छन् ।( याे समाचार अनलाइन खबरमा प्रकाशित छ) ।