कामकाे लागि नेपाल आउन थाले विदेशी कामदार

नेपालीहरु काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम चलिरहेकाे बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरु आउने गरेको पाइएको छ ।

अध्यागमन विभागका अनुसार सन २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएका छन् । यस्तै, सन् २०१९ को अगस्टसम्ममा विभिन्न देशका १ हजार ३ सय ८४ जना विदेशीले नेपालमा काम गर्न भिसा अनुमति प्राप्त गरेका छन् । 

विभागका अध्यागमन अधिकृत राजेश महर्जनले सन् २०१८ र २०१९ को अगस्टसम्म ३ हजार ६ सय ७२ जना विदेशी नागरिकले वर्किङ भिसा अनुमति प्राप्त गरेको जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

विभिन्न तथ्यांकहरूले विदेशमा काम गर्न जानेकाे संख्या खट्दै गएकाे विवरण संचार माध्यमहरूमा प्रकाशित भएकाे छ । काम गर्न जानेकाे संख्या घट्नु र रेमिट्यान्स भने बढेकाे देखिनु मुलुककाे अर्थव्यबस्थामा सकारात्मक संकेत मान्नु पर्छ ।

IME Remittance