– सुनील कुमार पौड्याल । सीमा व्यवस्थापन विषयमा छलफल गर्न भारतको जवाफ कुर्दै गरेको नेपाल सरकारको खबर छापामा आयो […]
– सुनील कुमार पौड्याल । सीमा व्यवस्थापन विषयमा छलफल गर्न भारतको जवाफ कुर्दै गरेको नेपाल सरकारको खबर छापामा आयो […]
प्राय जसाे डाक्टरहरूका भनाइ सुन्दा र कुराे बुझ्दा काेराेना भाइरस मानव शरीरमा संक्रमित भएपछि मानिसलाइ रूघा खाेकीका जस्ता लक्षण देखा पर्दछन । मानिस विस्तारै थला पर्दै जान्छ ।
सामन्ती शासन व्यवस्थाको थालनीदेखि सुरू भएको शोषण र चरम अत्याचारको शृंखला अद्यापि कायमै छ । मात्रा र तरिकामा मात्र फरक न हो । शोषणमा वहुसंख्यक पुरूषहरू परेतापनि महिलाहरू त झन् बढी शोषण को मारमा पर्दै आएका हुन् । महिलाहरू त शोषकहरूबाट मात्र हैन शोषितहरूबाट समेत सताइएका हुन् । शोषणमा परेका हुन् । एकाध अपवाद बाहेक उनीहरू परिवार भित्रै पनि शोषित भै आएका थिए र अझै पनि छन् । यो कुनै गाउँ वा अपठित समाजमा मात्र हैन, सहर बजार तथा पठित समाजमा पनि भै आएको, चलिरहेको अत्यन्त खराब प्रचलन हो।
प्रभावकारी बन्यो स्थानीय पाठ्यक्रम बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षदेखि नगर क्षेत्रका सबै विद्यालयमा ‘आचरण सचेतना शिक्षा’ तयार गर्दै लागू गरेको […]
नेपालीहरूलाई खेती गर्ने दुःख गर्न नपरोस् भनेर खेतीको बेलामा उनीहरूको पहुँच भएको ठाउँसम्म उनीहरूले जलमग्न गराएर खेती गर्नै नपर्ने गराइदिन्छ्न् र त्यसैगरी सुख्खा याममा समेत खेतीको दुःख नपरोस् भनेर पानीको थोपोसमेत चुहिन दिदैनन् । बरू आनन्दले बसेर खाउन् मित्रहरू भनेर आफ्ना जनताले दुःख गरेर उब्जाएको अन्नहरू हमीलाई पठाइदिन्छ्न् । य़स्तो माया बिरलै पाइन्छ संसारमा ।
आज जति पनि उत्पीडनमा परेका जाति र क्षेत्रका रैथाने संगीत मरणासन्न अवस्थामा जीवित छन्, ती धेरैजसो तत्तत् समुदायका परम्परा र अनुष्ठानहरूमा गाउँदै आइएको कारणले बचेका छन् । तिनको रक्षा गर्नु र प्राज्ञिककरणसहित परिमार्जन गर्दै लैजानुपर्ने विशाल तर जरुरी अभिभारा नयाँ पुस्ताको अगाडि उपस्थित छ ।
थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन् । चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरुको परिचय हो । होटल व्यवसाय त्यसमा पनि स्वादिलो खाना खुवाउने भएकाले पनि सानो समुदाय भए पनि उनीहरुको आफ्नै शान र नाम पनि छ ।
बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक (फ्याल) बिछ्याउने काम शुरु भएको छ ।
नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार गरेको देखिएको हो ।
बेलायती राजपरिवारकी बुहारीका रूपमा मेघनको आगमन अभूतपूर्व थियो। बेलायती लवजमा अंग्रेजी बोल्न पनि नजान्ने मेघनको बकिङहम दरबार यात्रालाई बेलायतीहरूले एउटा क्रान्तिको रूपमा स्वागत गरे। लाखौं मानिस ह्यारी र मेघनको विवाह समारोह हेर्न सडकमा ओइरिए।