सबै कुरा चेतना नै त रहेछ

 

– सुनील कुमार पौड्याल ।

सीमा व्यवस्थापन विषयमा छलफल गर्न भारतको जवाफ कुर्दै गरेको नेपाल सरकारको खबर
छापामा आयो । यो कुर्ने उसले कुराउने कुरा त कुनै नौलो होइन । हामी धेरै कुरामा धेरै
अगाडिदेखि कुरिरहेका छौँ ।तैपनि हामी कुर्न छाड्दैनौं, कुरिरहेका छौँ । बाध्यता हो। धेरै
अगाडिका कुरा छाडिदिउँ ।
कलकत्ता वन्दरगाहमा विदेशबाट झिकाइएका हाम्रो सामानको कन्टेनर सधैँ जानिबुझी सबैभन्दा
तल पारिदिएर खातकाखात राखिएको उनीहरूको सामानका कन्टेनर हटोस र हाम्रो सामान
ढुवानी गरौंला भनेर सधैं कुर्दा कुर्दा त्यहाँ यार्डबाट सामान समय सीमाभित्र चलान गर्न नपाएर
वर्षेनी करोडौं रकम ह्वारफेज तिर्नुपरिरहेछ ।
सन्‌ १९५० को सन्धि पुनरावलोकन गर्ने कुरा सर्वप्रथम प्रधानमन्त्री मनमोहन अधिकारीले
उठाउनु भएको थियो । त्यो २०५१ ( सन्‌ १९९५ ) को कुरा हो । धेरै समय कुर्दाकुर्दा बल्ल
सन्‌ २०१६ मा नेपाल भारतवीच भएका सन्धी सम्झौता पुनरावलोकन गर्न प्रवुद्ध समूह गठन
भयो। दुवै देशका सरकारले आ-आफ्नो तर्फवाट त्यस समूहमा प्रतिनिधिहरू तोके । तिनीहरूले
मेहनत गरेर दुवै देशको हित हुने खालको प्रतिवेदन तयार गरे । दुई वर्षभन्दा बढी समय दुवै
देशका प्रबुद्धहरूले मेहनत गरेर तयार गरिएको त्यो प्रतिवेदन नेपाली प्रधानमन्त्रीका भारतीय
समकक्षीले वर्ष नाघिसक्दा पनि अझै बुझ्न मानेका छैनन् । कहिले बुझ्लान भनेर हामी
कुरिरहेका छौँ ।
२०७२ वैशाखको सत्यानासी भूँइचालोले ल्याएको अपार धनजनको क्षतिका लागि राहत तथा
पुनर्निर्माण निम्ति भारतले ठूलो सहयोग दिने कुरा मिडियामा आयो । प्रचार त धेरै भयो प्रचार
भएजति सहयोग अझै आएको छैन । त्यो समाचारमा सीमित रह्यो । बोलेको कुरा पुग्ला भनेर
कुर्दाकुर्दै यतिका समय गैसक्यो । जे कुरामा पनि हामीले कुर्नु पर्ने र कति कुर्नु पर्ने ! नसक्नेले
नबोल्नु नी !

साँच्चै भन्नेहो भने भारतको कुराउने बानी त्यसै आएको होइन । अनेकन थरीले अनेकन पल्ट
उपनिवेश बनाएको भारतका हरेक पटकका जनताले उपनिवेशीहरूले आंफूहरूलाई सताएर
मोज गर्ने गरेको र उपनिवेशबाट मुक्ति दिन संधै कुराउने गरेको ईतिहास सुनाउदै आएका कारण
त्यस्तो मोज गर्न पाइने, सताउन पाइने र कुराउनेले कुराउंदाको आनन्द लिन पाउने कुरा
समेतको छाप दिमागमा नमेटिने गरी बसेकाहरू त्यहाँको राजनीति र नोकरशाहीमा हावी
भएका हुनाले तिनीहरू त्यस्तै मोज गर्न, सताउन तथा आनन्द लिन छिमेकीहरूलाई सदा दुख
दिन र कुराउन मन पराउँछन् । भौगोलिक रूपमा उपनिवेश बनाउने जमाना अब नरहेकै कारण
मोज गर्न, आनन्द लिन दुख दिन र सताउन परेन त ! भन्छन नीं आस्थाको कारण राजनीति
गर्नेहरू इमान्दार हुन्छन आक्रोशको कारण राजनीति गर्नेहरू पहिलेका ठूलावडा
कहलिएकाहरूले मोज गरेको सुनेको वा देखेको कारण मोज गर्ने छाप दिमागमा अमेट हुनाले
जसरी मोज गर्न मिल्छ त्यही गर्न कुनै कसर बाँकी राख्दैनन् । यसमा उदेक मान्नुपर्ने कारण म
देख्दिन ।
खालि कतिसम्म सताएको सहनुपर्ने वा जायज कुरामा पनि कतिसम्म कुर्नुपर्ने हो भन्ने कुरा मात्र
हो। हरेक कुराको सीमा हुन्छ । सीमा नाघेपछि आफ्नैभित्र बिस्फोट हुन बेर लाग्दैन । कमजोरले
त्यही बेला कुरेर बस्ने हो बेलाबेलामा आवाज उठाएर । बेलाबेलामा विरोध जनाएर । युनाइटेड
नेसन्सले पनि के नैं पो गर्न सक्छ र, यस्तो अन्याय नगर भन्नु बाहेक ! ऊ पनि निरिह छ शक्ति
राष्ट्रका सामु । सताउने, कुराउने राष्ट्रले बुझ्नुपर्ने हो हिजोका सताउने, कुराउने शक्ति राष्ट्रका
हालत आज कस्तो छ । समय संधै कसैको पनि एकनास रहँदैन । तिनलाई चेतना भया !
त्यहाँका जनता त कति मायालु र सहयोगी छन् । राजनीतिज्ञ र नोकरशाह पनि त्यस्तै भै दिए
यो छेत्र नैं कति राम्रो, शान्तिप्रिय र सुरक्षित हुनेथियो ।

IME Remittance