
नेपालका पूर्वी पहाडहरू प्राय घुमे पनि पश्चिमका धेरै पहाडी भेग नछिचलेको हुनाले त्यताका रहनसहन, चालचलन को धेरै कम जानकारी भएकोमा आफूलाई पछुतो नभएको हैन । पूर्वी पहाडमा छाउपडी प्रथा भएको थाहा भएन । पश्चिम पहाडतिर पनि म पुगेका जिल्लाहरूमा मैले त्यस्तो प्रचलन भेटिन । साँच्चै भन्ने हो भने अखवारमा छाउपडीको खवर आउनुभन्दा पहिले मलाई यस्तो अमानवीय घृणित प्रचलनको कुनै जानकारी थिएन ।
सामन्ती शासन व्यवस्थाको थालनीदेखि सुरू भएको शोषण र चरम अत्याचारको शृंखला अद्यापि कायमै छ । मात्रा र तरिकामा मात्र फरक न हो । शोषणमा वहुसंख्यक पुरूषहरू परेतापनि महिलाहरू त झन् बढी शोषण को मारमा पर्दै आएका हुन् । महिलाहरू त शोषकहरूबाट मात्र हैन शोषितहरूबाट समेत सताइएका हुन् । शोषणमा परेका हुन् । एकाध अपवाद बाहेक उनीहरू परिवार भित्रै पनि शोषित भै आएका थिए र अझै पनि छन् । यो कुनै गाउँ वा अपठित समाजमा मात्र हैन, सहर बजार तथा पठित समाजमा पनि भै आएको, चलिरहेको अत्यन्त खराब प्रचलन हो।

महिलाहरूप्रति हुने यस्ता दुव्र्यवहार वा भेदभाव यो दक्षिण एसीयामा मात्र हैन विकसित देशमा समेत भेटिन्छ । आफूलाई प्रजातन्त्रको मसीहा तथा मानव अधिकारको संरक्षक दावी गर्ने अमेरिकामा समान स्तरमा काम गर्ने महिला र पुरुषवीच को तलवमा अझै पनि भेदभाव कायम छ । क्ष्लकतष्तगतभ ायच ध्यmभल’क एयष्अिथ च्भकभबचअज को धभदकष्तभ मा मात्रै हेरेपनि यो कुरा प्रष्ट हुन्छ । महिला र पुरुष वीचको असमान व्यवहार त आँफुले भ्रमण गरेका केही प्रजातान्त्रिक कहलिएका युरोपका मुलुकमा पनि मैले अनुभव नगरेको हैन । यो न्यायसंगत कुरा होइन । यो त चरम लज्जास्पद र अमानवीय कुरा हो।
यो मानेमा मात्रै भन्ने हो भने त नेपाल धेरै अगाडि छ । तैपनि के नेपालमा महिला माथिको उत्पीडन र शोषण अमेरिकाभन्दा कम रहेको छ त ? निश्चय पनि त्यस्तो हैन । भनाइको मतलव किन महिलामाथि सर्वत्र अन्याय, अत्याचार विद्यमान छ ? कतिपय मानिसको भनाइ छ महिलाहरू आर्थिक रुपले पुरुषमाथि निर्भर हुनेगरेकाले तिनीहरूमाथि को उत्पीडन तथा शोषण हुने गरेको हा े। त्यसैले उनीहरू आर्थिक रूपले सक्षम हुनुपर्छ । त्यसो भयोभने उनीहरू माथिको उत्पीडन तथा शोषण समाप्त भएर जान्छ । तर त्यो कुरामा म आंशिक सत्यता देख्दछु । हाम्रो समाजमा कमाउ महिला पनि उत्पीडन तथा शोषणको शिकार भएको नदेखिएको हैन । कम र बढीको कुरा बेग्लै हा े। जबसम्म पुरुषमा महिलाप्रति सम्मान गर्ने भावना जागृत गराउन सकिंदैन र जबसम्म महिला आफैंले आफ्नो महत्ता बुझ्न सक्दैनन् तबसम्म आर्थिक सक्षमताले मात्र उनीहरूको अवस्था मा सुधार आउँछ भन्ने मलाई लाग्दैन ।

पुरुष र महिलामा त्यो सचेतनता कसरी ल्याउने त यसको लागि पाठशालाको सुरुको कक्षादेखि नैं त्यस किसिमका पाठ्य सामग्रीहरू तयार गरेर पढ़ायिनु पर्छ । हाम्रो देशमा क्रियाशील नागरिक समाज राजनीति गर्न र क्ष्रल्न्इ को उद्द्येश्य भरथेग गर्न तथा तिनका लहैलहैमा दौडन मात्र हैन यस्तो कुरामा सचेतनता फैलाउन र समाजमा रहेका विकृति हटाउन पनि क्रियाशील हुनुपर्छ । त्यस वाहेक राजनैतिक कार्यकर्ताहरू समेत यस्ता कुरीति हटाउन क्रियाशील हुनुपर्छ। यिनै कुराहरूको अभावको एउटा कडी हो छाउपडी १
महिलाहरूले अतिविधि बुहार्तन झेल्नुपर्ने र अतिशय शारीरिक पीडा भोग्नुपर्ने देखेर कुनै विवेकी पुर्खाले धेरै नभएपनि कम्तिमा महिनामा एकपटक चार दिन उनीहरूले आराम गर्न पाउन भनेर त्यो चारदिन उनीहरूलाई कुनै कुरा छुन नदिनु भन्ने नियम बसाएको होला भन्ने मलाई लाग्छ । यो मेरो बुझाई मात्र हो । पछि गएर महिलालाई पेल्नैपर्छ, दबाउने पर्छ, हेप्नै पर्छ भन्ने मनसाय राख्ने मानव नामका राक्षश प्रवृत्तिका व्यक्तिहरूले यो छाउपडी प्रथा चलनमा चलाए भन्ने मलाई लाग्छ ।
जीवन त महिला र पुरुष दुवैको एकै हो नीं १ अब यस्तो अमानवीय, क्रुर तथा विभत्स प्रथा निर्मूल गर्न राज्यले कदम बढाएको कुरा समाचारमा पढ्न पाइएको छ । त्यसैको एउटा कडीको रुपमा सरकारी क्षेत्रबाट छाउगोठ भत्काउन सुरुभएको कुरा पनि समाचारमा आएको छ । नामै हेरौ न । छाउगोठ रे १ घर पालुवा जनावरलाई राख्ने बासलाई गोठ भनिन्छ । यहाँ त मान्छे बस्ने ठाउँलाई गोठ१ हेप्नुको पनि एउटा सीमा हुन्छ नीं । यस्तो अमानवीय सीमारहित हेपाई १ यो त लोग्नेमानिसको मतिभ्रष्टताको, ज्यादतिको प्रमाण हा े। अब यस्तो कुराबाट राष्ट्र मुक्त हुनै पर्छ । तर छाउगोठ भत्काउँदैमा यो नारकीय पीडाबाट त्यहाँका महिलाले मुक्ति पाउँछन होला त । कदापि पाउँदैनन् । प्रशासनको डरले महिलाहरूलाई महिनावारी बार्न घरभन्दा टाढा त नपठाउलान । तर या त घर नजिकै छाप्रो बनाएर वा घरको पिंडीमा तिनीहरूलाई सुत्न दिनेछन । अनि त्यतिखेर चैं चिसोले कठ्यांग्रियेर मर्ने वा जंगली जनावर वा सर्पका कारण तिनीहरूको मृत्यु हुने कुरा रोकिएला ? बलात्कृत हुन सक्ने सम्भावनाबाट मुक्ति पाइएला ?

त्यो त्रासबाट, त्यो ज्यादतीबाट तथा त्यो शारीरिक र मानसिक यातनाबाट मुक्ति दिलाउन निम्न उपायहरू अपनाउनुपर्छ भन्ने मलाई लाग्छ ।
१। सचेतनता अभियान सर्वप्रथम महिनावारी के हो, किन यो हुन्छ ? भन्ने विषयमा त्यस क्षेत्रमा कार्यरत ल्न्इ र निर्वाचित जनप्रतिनिधि तथा राजनैतिक पार्टीका कार्यकर्ताहरूलाई तुरुन्त एकदिने प्रशिक्षण दिएर आम जनतामा त्यो कुरा बुझाउन क्रियाशील तुल्याउनु पर्छ। यसरी सचेतनता कार्यक्रम मार्फत आम जनतामा चेतना फैलाइयो भने निस्चय नैँ यो प्रथा निर्मूल गर्न सकिन्छ ।
२। सजाय र पुरस्कार हालै पत्रिकामा पढेको सजाय सम्बन्धि ब्यबस्थामा छाउपढ़ी बस्नेलाई पनि सजाय गर्ने भन्ने लेखिएको पाइया े। यो त पूरै गलत भएन र ? एक त पिछडिएको समाज त्यसमाथि महिला, उनीहरूले परिवार र समाजको दवावलाई अटेरी गर्न सक्छन ? त्यो कुरीति बुझेको भए र गलत प्रचलनको विरोध गर्न सक्ने आँट उनीहरूमा भएको भए पहिले नैं छाउपडी प्रथा त्यस क्षेत्रबाट हटिसक्नेथियो । सजाय तिनीहरूलाई हैन, त्यस कुरीतिलाई निरन्तरता दिन खोज्ने, प्रोत्साहन दिने तथा डरत्रास देखाएर त्यो प्रचलनलाई कायम राख्न प्रयास गर्ने तत्वलाई कडाभन्दा कडा सजाय गर्ने, सामाजिक वहिस्कार गर्ने आदि अभियान थाल्ने हो भने त्यो कुरीति त्यस समाजबाट हराएर जान्छ र इतिहासको पानामा मात्र जीवित रहन्छ।
गलत गर्नेलाई सजाय गर्नुपर्ने जस्तै सही मार्ग अवलम्बन गर्नेलाई पुरस्कार वा प्रेरणा र प्रोत्साहनको लागि पनि केही व्यबस्था हुनु नै पर्छ । यो न्यायोचित कुरा पनि हो र यसले मानिसलाई सही मार्गतिर प्रवृत्त हुन बाटो देखाउंछ । राज्यले कदम चालिसकेको छ । यो कुरामा पनि ध्यान अवश्य दिनेछ भन्ने विश्वास गरौँ।


