-कान्तिपुर, सम्पादकीय । नेकपा मसालनिकट रक्तिम परिवारका संस्थापक गायक जीवन शर्मा एकताका तत्कालीन एमालेका सांस्कृतिक कार्यक्रमहरूमा पनि गाउँथे । त्यतिबेला उनीसँगै ‘संसारमै गरिबको छैन राज्य भन्छ, तर पनि यो देशमा ल्याउन हाम्लाई मन छ…’ गाउँदै हिँडेकाहरू अहिले सत्तामा छन् । ‘तर पनि’ राज्यचाहिँ नेता र हुने–खानेका लागि मात्रजस्तो भएको छ ।


