चीनमा कोरोना भाइरसको प्रकोप फैलिँदै गर्दा त्यहाँका राष्ट्रपति सी जिन पिङले एक सम्बोधनको क्रममा भनेका थिए- ‘हामीले अनुमान गरे झैँ चीनमाथि ठूलो आक्रमण भएको छ। सबै चिनियाँ जनता एक भएर यस विरुद्ध लड्नुपर्छ।’ राष्ट्रपतिको यो भनाई त्यसैबेला पनि अर्थपूर्ण मानिएको थियो।


