एसइइ स्थगित
सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए अनुसार कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो ।

यसले लाखाैं नेपाली विद्यार्थीकाे शैक्षिक भविष्य अन्याैल बनाएकाे छ ।


