सिचुवान सरकार, ज्याक मा र अलिबाबा फाउन्डेसनले दिएका स्वास्थ्य सामग्री विमानमा सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले चन्दा स्वरुप […]
सिचुवान सरकार, ज्याक मा र अलिबाबा फाउन्डेसनले दिएका स्वास्थ्य सामग्री विमानमा सिचुवान प्रान्त सरकार र सिचुवान लगानी समूहले चन्दा स्वरुप […]
फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक […]
-नारायण ढुङ्गाना, यहाँको कालिकास्थान–मैतिदेवीको भित्री सडकमा बुधबार साँझ मानिसको भिड बाक्लो थियो । कतिपय मानिस खाद्याह्न र तरकारी खरिदमा झुम्मिएका […]
अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणको खतराबाट उत्पन्न आर्थिक तथा जनस्वास्थ्यलाई ध्यान दिँदै अमेरिकी माथिल्लो सदन सिनेटले बुधबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सार्नु भएको २ खर्ब २० अर्ब अमेरिकी डलरको विशाल आर्थिक प्याकेज अनुमोदन गरेको छ । यो रकम कोरोना संक्रमणबाट असर परेका व्यवसाय, कामदार र स्वास्थ्य सेवा प्रणालीमा खर्च हुनेछ ।
हालसम्म अमेरिकामा कोभिड–१९ को सङ्क्रमणका कारण एक नेपालीले ज्यान गुमाएका छन् भने सङ्क्रमण पुष्टि भएका केहीले यसको उपचार गराइरहेका छन् । अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा गैरआवासीय नेपाली रहेको बताइन्छ । कोभिड–१९ को बढ्दो सङ्क्रमणस“गै अमेरिकामा रहेका धेरै नेपालीको रोजगारी गुमेको छ । खासगरी विद्यार्थी भिसामा रहेकाहरु यसबाट बढी प्रभावित भएका छन् । वैधानिकरूपमा काम गर्न नपाउने भएकाले विद्यार्थीहरु यसबाट बढी प्रभावित भएका हुन् ।
रसियाको कुरिल द्वीपमा बुधबार बिहान २.४९ बजे ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । सर्भेका अनुसार […]
सरकारले विदेशमा रहेका नेपाली कामदारको अवस्थाका बारेमा जानकारी लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत आज विभिन्न पाँच मुलुकका राजदूतसँग नेपाली कामदारको अवस्थाबारेमा जानकारी लिनुभएको हो ।
यतिखेर भने बागलुङ बजार सुनशान बन्दैछ । सडकमा प्रहरी मात्र देखिन्छन् । अत्यावश्यक सेवा प्रवाह गर्ने पानी, दुध, खाद्यान्न, अस्पताल लगायतका क्षेत्रमा समेत लकडाउनको प्रभाव छ । त्यस्ता ठाउँ र पसल पनि आधामात्र ढोका खुलेको अवस्थामा देखिन्छन् । बजारमा सामान्य व्यपार व्यवसाय गर्नेदेखि कर्मचारीसम्म गाउँ फर्किएका छन् । यहाँका बजार क्षेत्रका स्थायी बासिन्दा बाहेक नगन्य रुपमा मात्रै सर्वसाधारण बजार क्षेत्रमा छन् ।
नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।