राष्ट्रिय

नेपालकाे वास्तविक नक्सा पारित

मिति २०७७ जेठ ३१ गते प्रतिनिधि सभाकाे बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ।शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्। विपक्षमा भने कुनै पनि मत परेन। 

संविधान संशोधन विधेयक स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष […]

एमसिसीका कार्यक्रम स्थगन

नेकपा सचिवालय : संसद्बाट पारित नहुन्जेल एमसिसीका कार्यक्रम स्थगन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना […]

एभिन्युज टेलिभिजनमा जीवन शर्मा र राजेन्द्र बानिया बीचकाे अन्तर्वार्ता

– जीवन शर्मा । राजेन्द्र वानियासँगकाे अन्तर्वार्ता स्तरीय र समसामयिक रह्याे । देश, जनता , जीवन र जगतका बारेमा गम्भीर कुराकानी भए ।

संसार मै गरिबकाे छैन राज्य भन्छ

-कान्तिपुर, सम्पादकीय । नेकपा मसालनिकट रक्तिम परिवारका संस्थापक गायक जीवन शर्मा एकताका तत्कालीन एमालेका सांस्कृतिक कार्यक्रमहरूमा पनि गाउँथे । त्यतिबेला उनीसँगै ‘संसारमै गरिबको छैन राज्य भन्छ, तर पनि यो देशमा ल्याउन हाम्लाई मन छ…’ गाउँदै हिँडेकाहरू अहिले सत्तामा छन् । ‘तर पनि’ राज्यचाहिँ नेता र हुने–खानेका लागि मात्रजस्तो भएको छ ।

केपी ओली भाग्यमानी : पृथ्वीसुब्बा मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली भाग्यमानी भएको बताएका छन्। आइतबारदेखि सुरू भएको गण्डकी प्रदेशको बजेट अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरूङले भने, ‘आज पनि सायद केपी ओली भाग्यमानी छन्, झन्डै मरिसकेको मान्छे बाँचेर आज हराएको सीमा फिर्ता ल्याउनु पर्ने रहेछ। त्यो अवसर उहाँलाई मिल्यो।’

मानिस कस्तो हुन्छ ?

-सुनील कुमार पौड्याल ।। भनाइ छ “मानिस चेतनशील प्राणी हो । अरू जनावर र मानिसमा यही फरक हो ।” यस कुरालाई माने पनि नमाने पनि यो फरक छुट्ट्याउने काम मानिसको तर्फबाटै भएको हो । जनावरको तर्फबाट विश्लेषण गर्ने मानिसमा ज्ञान भएको भए वा कुनै वैज्ञानिक संयन्त्र आविष्कार भएको भए शायद यो चेतनाको सम्बन्धमा पनि को बढी चेतनशील हो भन्ने निर्क्योल हुन्थ्यो होला । हामीले सुनेका , देखेका छौं मानिस बाहेक अरू कतिपय प्राणीले गरेका केही काम हामी मानिसले गर्न सक्दैनौं , गर्न सकेका छैनौं ।

नेपालकाे अद्यावधिक नक्सा सार्वजनिक

आज बिक्रम संवत २०७७ साल जेठ ७ गते बुधबार तदनुसार इ.सं  २० मे २०२० का दिन नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतकाे  भुभाग समेटिएकाे नेपालको राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् । 

ब्लाक होल

    ब्लाक होलको गुरुत्वाकर्षण शक्ति यति धेरै हुन्छ कि यसले सामर्थ्यले भ्याएसम्मको दूरीको हरेक वस्तुलाई ग्वामल्याङ्ग निलेर पचाइदिन सक्छ […]

IME Remittance