राष्ट्रिय

कविता,यो हात बाँध्ने बेला होइन : सुनील कुमार पौड्याल

भीरबाट पहिरोले घिसार्दै ल्याएर
एउटा ढुङ्गालाई गुम्लुङ्ग आफ्नो पछ्यौरीले
घाँटीसम्म छोपेर हिलो र धूलोले
राहत बिसाएको थियो
गाउँलेले बडो जतन र माया दिएर त्यसलाई
गाउँ किनारमा राखेर
धूलो र हिलो धोई पखाली पुछपाछ गरेर
कहिले नबिग्रियोस् भनी
सक्कली पालिस पोतेर
उसलाई टलक्क टल्काए
उसलाई पूजा गरेर भगवान बनाए ।

ढुङ्गाको शिर हुँदैन
त्यसैले उसको दिमाग हुँदैन
भगवान बनेको दम्भले
समतलको माटोलाई थिच्दै थिच्दै
ओरालो लगाएर
उतातिरको गाउँलेले धकेल्दा
खुसी खुसी घस्रिदै
गाउँ जोगाएको बहानामा तिनलाई
अझै बढ्न दिएर
म भगवान हुँ भन्ने दम्भले
वरिपरिको बाली छरपष्ट पारेर
प्रगतिका डोबहरू छताछुल्ल पारेर
गजधम्म राजमार्ग छेकेर बसेको
अहिले गाउँलेहरूले बुझ्न थाले ।
फालिएको ढुङ्गालाई भगवान भनेर पूज्ने
केही गाउँलेहरूअहिले मर्माहत भएकाछन्
ढुङ्गा र भगवानको भेदमा चुक्न पुगेर
पछुताइरहेकाछन्
र त बाँकी गाउँलेहरू सँग मिलेर
अहिले त्यस ढुङ्गालाई उखेल्ने तरखरमा छन्
त्यसलाई खोप्दै खोप्दै
मरन्च्याँसे बनाउने चेस्टामा लागेका छन्
यस्तोबेला प्रगतिको बाधक
आश्रयदाताकै सर्वनाशक
त्यस मूढ ढुङ्गा टुक(याउने काममा
हामी पनि हात बढाऔं साथी
सबैले हात बढाऔं ।

कविता,उजाडिएको बस्ति : धनबहादुर थापा

उजाडिए बस्तिहरु ।
मुग्लान पसे युबाहरु ।
सुन्य भए घर गोठहरु ।
खै के भनु म , निसब्द छन मेरा ओठहरु।
मन मोहक सौन्दर्य आज
प्रदेशिको पर्खाईमा एक्लै टोलाई रहेछ ।
फर्क अब छिट्टै फर्क तिमि भनि बोलाई रहेछ ।
ए प्रदेशि तिमि फर्क भनि बोलाई रहेछ ।

खोला नाला छहरामा ।
भिर पाखा पहरामा।
घास पात लता लहरामा ।
हिउ फुल्ने टाकुराले ।
फुल फुल्ने आकुराले ।
नया युगको सन्देश बोकेर आउ तिमि भनिरहेछ ।

सङै हाँसौ सङै नाचौ पिरति पनि गाँसौ ।
भन्दै तिम्रै पर्खाईमा मुस्कुराइ रहेछ ।
यो उजाड बस्ति तिम्रै पर्खाईमा ।
एकोहोरो टोलाई रहेछ ।
तिमिलाई नै बोलाई रहेछ ।

भ्रष्टाचार, पक्षपात र अत्याचार विरुद्धको सशक्त गीत : “नेपाल आमाको पुकार”

जनगायक जीवन शर्माको स्वर र संगीतमा नयाँ राष्ट्रिय भावको  गीत सार्वजनिक भएको छ –“ नेपाल आमाको पुकार ।”  वरिष्ठ पत्रकार […]

मजदूरको पीडा : ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

  गलकोट,  नेपालमा मजदूरको व्यथा सुनिसाध्य छैन । महिनैा काम गरेपछि निर्माण व्यवसायीले रित्तो हात फर्काएको घटनाको अनगन्ती फेहरिस्त छन् […]

१३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै […]

एक गला : सय राष्ट्रगान

 कोभिड–१९ का कारण विश्वयात्रा एक्कासी रोकिए पनि सङ्गीत अभ्यास र साधनालाई विश्राम दिनुभएन गायक रामजी नेपालीले । राष्ट्रगान गाउँदै देशदेशावर […]

कविता : म के गरुँ ?

वेदना पोखेर बरबराउ कि म,मनमै लुकाएर राखूँ
संवेदनहिनहररूको बिचमा म कसरी आँसु पाेखूँ
पिडामा झन पिडा थप्छन् कोही
रोदनमा मुस्कुराउछन्
भावना शुन्य यस्तो परिवेशमा
म कसरी ढुक्क हुँ ?

पर्यटकको स्वागत गर्न आतुर छन् गण्डकीका पर्यटकीय स्थल

      कोरोनाले थलिएको पर्यटनलाई चलायमान बनाउन संस्थागत रुपमा समेत विभिन्न प्रयास भइरहेका अवस्थामा गण्डकीका पर्यटकीय गन्तव्य यतिखेर पर्यटकको […]

सौन्दर्यकर्मीद्वारा मानव सेवामा आश्रितहरुको केश सुधार

राष्ट्रिय सौन्दर्यकर्मी नेपाल कर्णाली प्रदेशले मानव सेवाआश्रम सुर्खेतमा आश्रितहरुको केश सुधार गरेको छ । सौन्दर्यकर्मीहरुको एक समूहले सोमबार आश्रममा आश्रित […]

IME Remittance