अन्तर्राष्ट्रिय

एनआरएन कोरियाले नेपाललाई कोरोना पत्ता लगाउने दुई हजार किट्स दिने

गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरियाले कोरोना भाइरस सङ्क्रमण भएनभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई तत्काल सहयोग गर्ने भएको छ । योजनानुरुप किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग पनि दुई हजार प्रति किट्सको सम्झौता भएको एनआरएन कोरियाले जनाएको छ ।

चिनियाँ कम्पनीले नेपाललाई दुइ हजार किट उपहार दियो

चीनको बिइजिङ मल्टिपल ट्रेड एण्ड कमर्स ब्युरोले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने किट नेपाल सरकारलाई उपलब्ध गराएको छ ।ब्युरोले कोरोना भाइरसविरुद्ध लड्न बेइजिङस्थित नेपाली दूतावासमार्फत बुधबार २ हजार किट हस्तान्तरण गरेको हो ।

तेस्रो संक्रमित व्यक्ति कतारबाट आएका थिए

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट चैत ६ गते नेपाल आएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताएका छन् ।बुधबार गरेको प्रेस ब्रिफिङमा संक्रमित व्यक्ति धादिङनिवासी ३२ वर्षका पुरुष रहेको पनि मन्त्री ढकालले बताए। जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बुधबार उनमा संक्रमण देखिएको थियो।

संसारमा कोरोना सोचेभन्दा छिट्टै नियन्त्रणमा आउँछ

लेभिट कोरोना संक्रमण नियन्त्रण गर्न सामाजिक दुरीलाई अपरिहार्य मान्छन्। खासगरी ठूल्ठूला जमघट निषेध गर्नु अनिवार्य भएको उनको भनाइ छ।‘धेरै मान्छेमा यो नयाँ भाइरससँग जुध्ने प्रतिरोधात्मक शक्ति छैन। कोरोनाविरुद्धको खोप पनि महिनौं टाढा छ,’ उनले भने, ‘त्यसैले यो साथीहरूसँग बाहिर जमघट गर्ने सही समय होइन।’

अमेरिकी राष्ट्रपतिको आर्थिक प्याकेज तुहियो

वासिङ्टन, १० चैत (रासस/एएफपी) – कोरोनाभाइरसका कारण समस्यामा परेको अमेरिकी अर्थव्यवस्थाको उद्धारका लागि भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अमेरिकी […]

सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह

कोरोना भाइरसको सम्भावित सङ्क्रमण हुन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलमैदान, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई चैत मसान्तसम्म बन्द गर्न भनिएको छ । अत्यावश्यकबाहेकका आवतजावत एवं हिँडडुल नगर्न अनुरोध गर्दै सरकारले सामाजिक, सांस्कृतिक र त्यस्तै कार्य मठमन्दिर, गुम्बा, मस्जिद, चर्च र पार्टी प्यालेसजस्ता सार्वजनिकस्थलमा २५ भन्दा बढी मानिस भेला नहुन पनि दोहो¥याएको छ ।

कोरोनापछिकाे चीन

चीनमा कोरोना भाइरसको प्रकोप फैलिँदै गर्दा त्यहाँका राष्ट्रपति सी जिन पिङले एक सम्बोधनको क्रममा भनेका थिए- ‘हामीले अनुमान गरे झैँ चीनमाथि ठूलो  आक्रमण भएको छ। सबै चिनियाँ जनता एक भएर यस विरुद्ध लड्नुपर्छ।’ राष्ट्रपतिको यो भनाई त्यसैबेला पनि अर्थपूर्ण मानिएको थियो। 

७२ घण्टामा कोरोना विशेष अस्पताल

भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरण सहितको संरचना तयार गरिएको हो ।

IME Remittance