अन्तर्राष्ट्रिय

लण्डनमा नेपाली दूतावास सातै दिन खुल्ने

बेलायतमा बढ्दो कोरोनाको महामारीले गर्दा अधिकांश कार्यालय बन्द रहेका अवस्थामा राजधानी लण्डनस्थित नेपाली दूतावास भने अब सातै दिन खुल्ने भएको छ । कोरोनाका कारण बेलायत र माल्टामा रहेका नेपालीका लागि परेका समस्या सुन्न र आवश्यक कदम चाल्न हप्ता दिन नै खोल्ने निर्णय गरिएको दूतावासले जनाएको छ ।दूतावासमा सम्पर्क गर्न दूतावासका उपनियोग प्रमुख आरणको मोबाइल नं ०७४६०५९१८८ उपलब्ध गराइएको छ ।

सीमा नाका नखोल्ने सहमति

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईकाअनुसार दुबै देशबीच माथिल्लो तह र स्थानीय स्तरमा भएको छलफलमा जो जहाँ छन्, उनीहरुलाई त्यहीँ सम्बन्धित देशले व्यवस्थापन गर्ने सहमति भएको छ । उनले भने, ‘भारतीय सीमाभित्र रहेका नेपालीहरुको व्यवस्थापन उहाँहरुले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन हामीले गर्ने सहमति भएको छ । दुबै पक्षबीच कुराकानी भएर त्यही अनुसार कतिपय ठाउँमा क्वारेन्टाइनकै रुपमा सुरु भइसकेको छ ।’

वुहान खुल्याे

चीनको उहानमा मानिसको हिँडडुल शुरु, बजार पसल खुल्यो चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको उहान शहरमा सोमबारदेखि मानिसको निर्वाध आवागमन शुरु […]

गिद्धहरू सिनाे मात्र हेर्छन

अहिले चाहिएको बेलामा उपकरण र स्वास्थ्य सामग्री ल्याएकामा ठूलो मात्रामा उपचार हुने भयो भनेर सन्तुष्टि व्यक्त गर्नुपर्नेमा आशङ्कासहित कुण्ठाले भरिएको केही तप्काले असन्तुष्टि र विरोध गरेका छन् । आफू सकारात्मक सोच र कामतिर लाग्दैन, अरूले गरेका सकारात्मक कामको समर्थन पनि गर्दैन । यस्तो प्रवृत्तिबाट आजित भएर मैले केही दिन अघि प्रतीकात्मक रूपमा भनेको थिएँ, ‘गिद्धहरु गीत गाउँदैनन्, उनीहरू फूलतिर हेर्देनन्, सिनो मात्रै हेर्छन् ।’ मेरो भनाई त्यही तप्काप्रति लक्षित थियोे ।

बुटवलका मृतककाे रिपोर्ट नेगेटिभ

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका […]

छिटोछरितो माध्यमबाट सामग्री खरिद गरेकाे दावी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पहिचान, परीक्षण, औषधि, प्रयोगशाला सामग्री र पिपीइलगायत सामान छिटोछरितो रुपमा खरिद गर्न लागिएको जनाएको […]

पृथ्वीकै सुरक्षित स्थानमा छु : मोरान्डी

आजका दिनसम्म कोरोना भाइरसले संसारमै सबभन्दा धेरै क्षति इटालीमा गरेको छ। लक-डाउन हुँदा धेरै मान्छे एक्लै बस्न परेर तनावग्रस्त छन्। इटालीकै ८१ वर्षीय माउरो मोरान्डीलाई यो सबैले केही प्रभाव पारेको छैन। न उनलाई त्रास छ, न एक्लोपनको चिन्ता। तीस वर्ष बढी भयो उनी एक्लै बसेको। घरमा होइन, सिंगो टापूकै उनी एक्ला बासिन्दा। 

कोरोना भाइरसबाट बेलायतमा एकै दिन बाबुछोरीको ज्यान गयो

लण्डनको हिथ्रो विमानस्थलको टर्मिनल ३ मा काम गर्ने ६१ वर्षीय एक आप्रवासी कामदारको भाइरसबाट ज्यान गएको २४ घन्टाभित्रै ३३ वर्षीया छोरीको पनि यो भाइरसको कारण ज्यान गएको हो ।

मेडिकल सामग्री लिन जहाज चीन जाने

छिमेकी मुलुक चीनबाट मेडिकलजन्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज आज मध्याह्न त्यसतर्फ जाँदैछ । वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

IME Remittance