
मेरो अरु छैन चाहना अरु केही छैन मनमा
नेपाल हाम्रो रहिरहोस रहोस चन्द्र सूर्य रहे सम्मन
मुटु भन्दा प्यारो छ यो प्राण भन्दा नि प्यारो छ
मेरो देश भन्दा प्यारो संसारमा अरु के छ
बाँच्नु परे नि देश कै निम्ति म बाँच्ने छु
मर्न परे नि देशकै निम्ति म मर्ने छु
यो जीवन मेरो देशको लागि सुम्पेको छु
मृत्यु पनि देशकै निम्ति सुम्पने छु
मेचीकाली तराई हिमाल सीमारेखा मेरा
नदीनाला खोलाहरु रगतका शिरा
एकमुठी परान साँचेको छु सीमानाको लागी
बरु प्राण जाला जाने छैन भागी


