–जीवन खत्री कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको संयुक्त कथा सङ्ग्र्रह छकालै गत आइतबार दक्षिण कोरियामा विमोचन भएको छ । इतर आवाज साहित्य समाज दक्षिण कोरियाले आयोजना गरेको एक कार्यक्रमबीच यहाँ रहेका साहित्यकार पराजित पोमु, सुनिलदिप्त राई शकुन आँशु, उत्तम खजुम, सुरेशसिंह सम्बाहाम्फे, मातृका नेम्वाङलगायतले विमोचन गरेका हुन् । विगत चार वर्षदेखि कोरियामा श्रमिकको रुपमा रहेकी खोटाङकी सुष्मा रानाहँमाको कविता कृति आमाको तासफोटोबारे बोल्दै कवि तथा इतर आवाज संस्थाका संयोजक पराजित पोमुले सुष्माका कविता बलिया र आञ्चलिक र आफ्नो मुलकको प्रेमले ओतप्रोत भएको जिकीर गरे । त्यस्तै कोरियामै बसेर साहित्य साधनामा रमाइरहेकी कथाकार दीपा मेवाहाङ राईको संयुक्त कथा सङ्ग्रह छकालैका बारेमा कवि शकुन आँशुले यो कृति समाकालीन युवाहरूको संयुक्त आवाज भएको बताइन् । ४६ कविता सङ्ग्र्राहित आमाको तासफोटोलाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो । त्यस्तै छकालै २० कथाकारका एक एक कथा समावेश भएको संयुक्त सङ्ग्र्रह हो । यस कृतिलाई कथाकार नवीनले सम्पादन गरेका हुन् । कार्यक्रममा उपस्थित कविहरूले आ–आफ्ना कविता गीत गजलवाचन गरेर कोरियामा आफूले भोग्ने कम्पनीको दुःख विर्सने कोशिस गरेका थिए ।
- वनमा डढेलो लागेपछि गाउँ पसे जनावर
- गोरखाको वीरेन्द्र ताल फुट्यो,बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहमन्त्रालयकाे आग्रह
- बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
- कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
- कोशी प्रदेशमा दर्ता गराएको संकल्प प्रश्ताव बहुमतले पारित,मुख्यमन्त्रीले वैशाख २५ गतेसम्म विश्वासको मत लिनुपर्ने
- संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
- एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित
- एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
- सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरीमा जन्ती बस दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
- जनकपुरमा जलिरहेको अवस्थामा महिलाको शव फेला
- पारिजातको स्मृति दिवसकाे अवसरमा विभिन्न स्रष्टा एवम् अधिकारकर्मीहरुलाई सम्मान समर्पण