जनताका गीतमा रमाउँदै विद्यार्थीहरू

साताव्यापी साहित्यिक सांस्कृतिक यात्राकाक्रममा दाेलखाकाे जिरी पुगेका जनगाएक जीवन शर्माका गीतमा जिरीका विद्यार्थीहरू रमाए।यही बैशाख १२ गते जिरी मा.बि काे प्राङ्गणमा उनले त्यहाँका शिक्षक र विद्यार्थीहरू बीच सिमली छाँया बाेलकाे गीत गुन्जाएका थिए । जिरी मा.बि का प्र.अ कुमार जिरेल लगाएत सम्पुर्ण शिक्षक र विद्यार्थीहरूले  उनलाइ खादा र फूलसहितले स्वागत गरेका थिए ।

कार्यक्रम पश्चात प्र.अ कुमार जिरेल, साहित्यकार तथा समाजसेवि  टेक बहादुर  जिरेल र केशव कुमार कार्कीले   विद्यालयकाे अवस्था र सामाजिक सांस्कृतिक परिस्थितिकाे बारेमा जानाकारी गराउनु भएकाे थियाे ।

जीवन शर्मा  जिरी पुग्नासाथ नगरपालिकाका नगर प्रमुख मित्र जिरेल र प्रमुख प्रशासकिय अधिकृत पुरूषाेतम सापकाेटाले आफ्नै कार्यलयमा  स्वागत गर्दै नगरपालिकाकाे समग्र भाैतिक,सामाजिक तथा सांस्कृतिक अवस्थाकाे जानाकारी गराउनु भयाे । नगर प्रमुख कुमार जिरेलले नेपालमा जनसंगितकाे आवश्यकता र महत्व झन्  बढ्दै गएकाेले  यसकाे उत्थानकाे लागि आफ्नाे तर्फबाट सधै पहलकदमि गर्ने बताउनु भयाे ।

भेटघाटकाे क्रममा जिरी नगरपालिकाका  पुर्व मेयर टंक जिरेल, नेपाल  निजामती कर्मचारि संघ दाेलखाका अध्यक्ष पृथ जिरेलसँग ससिमसामयिक विषयमा कुराकानी भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance