रचना– रामदेव पाण्डे, सङ्गीत– प्रह्लाद बोगटी, स्वर– जीवन शर्मा
पुस्तक हो ज्ञान, मान र शान पुस्तक विद्यालय
हातहातमा पुस्तक घरघरमा एउटा पुस्तकालय
विश्वका चर्चित सफल मान्छे पुस्तकमा रमाउँछन्
बाजेले किने त्यसको ज्ञान नातिले पाउँछन्
जति कमाऔँ जति रमाऔँ आनन्द कहाँ छ ?
चेतना ज्ञानको प्रकाश छर्ने पुस्तक जहाँ छ
कहिल्यै खेर जाँदैन हेर ज्ञानको त्यो आय
हातहातमा …………
ओडार हुन्छ त्यो घर जहाँ पुस्तक पाइन्न
साथमा भए पुस्तक एक्लो कहिल्यै भइन्न
अज्ञानता चिर्ने ज्ञानमा छिर्ने पुस्तक हो आधार
शिक्षित सभ्य मान्छेहरुका लागि पुस्तकै संसार
अँध्यारो पारी जीवनलाई नदिऔँ सजाय
हातहातमा …………
नहुँदै मृत्यु पुस्तकमा नाम लेखाए आफैले
नामसारी हुन्न मेरो हो भन्न पाउन्न कसैले
असल पढ्ने र लेख्ने जसले गर्दछ
एकदिन आफै विश्वले पढ्ने पुस्तक बन्दछ
सार्थक जीवन जिउने यही सुन्दर उपाय
हातहातमा …………