आज बिक्रम संवत २०७७ साल जेठ ७ गते बुधबार तदनुसार इ.सं २० मे २०२० का दिन नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतकाे भुभाग समेटिएकाे नेपालको राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।


