जातीय विभेद अन्त्य गर्नु अाजकाे नेपाली समाजकाे प्रमुख सांस्कृतिक अभिभारा बनेकाे छ । यसका लागि समाजका अगुवा सांस्कृतिक कर्मीहरूले अाँफैबाट सुरूगर्नु अनिवार्य छ । https://youtu.be/xklKsiy9Hm4 कान्तिपुर TV बाट प्रसारित समकाेण कार्यक्रमकाे याे episode हेर्नु हाेस ।
नेपाली समाज अझैसम्म पनि छुवाछुतकाे राेगले ग्रसित छ । याे सनातन राेगकाे समुल उपचार नभएसम्म सामाजिक साैन्दर्य स्थापित हुन सक्दैन । याे वर्ग संघर्षकाे एउटा अायाम पनि हाे । जातीय विभेद अन्त्य गर्नु अाजका जिम्मेवार सांस्कृतिक कर्मीकाे गहन दायित्व हुन गएकाे छ । प्युठान जिल्लाकाे विजुवारमा राखिएकाे समकाेण कार्यक्रमकाे याे कार्यक्रमकाे भिडियाे जातीय विभेद उन्मुलन अभियानकाे लागि निकै सहयाेगी हुने देखिन्छ ।


