जीवन साैन्दर्य
-जीवन शर्मा
जीवन साैन्दर्य र रञ्जनाकाे खानी हाे । याे अाफै साैन्दर्य हाे र अाफै सत्य पनि हाे । सत्य र साैन्दर्यकाे रस अनुभुतीजन्य ज्ञानबाट प्राप्त हुन्छ । सत्य र साैन्दर्यकाे रसपान गर्न अाफैभित्र सच्चाइकाे बाटाेमा हिड्न सक्ने अदम्य अाँट र साहस विकसित गर्नु जरूरी हुन्छ । त्याे अाँट र साहस विकसित हुन तदनुरूपकाे स्वभाव र प्रयत्न दुवै अाधारभुत तत्व हुन । जीवनाेपयाेगी विचार, काम र दिशा निश्चित गर्नु महत्वपूर्ण काम हाे । त्यसपछि जीनदगीका गाेरेटाहरू सहज र स्वाभाविक हुदै जान्छन ।