मान्छे त एकदिन मर्दछ

मान्छे त एक दिन मर्दछ उसकाे विचार मर्दैन, जनताकाे निम्ति लडने मान्छे कहिल्यै मर्दैन ।

देशकाे निम्ति जनताकाे निम्ति मर्ने चाही बाँच्दछ …………।

खगेन्द्र संग्राैला र रायन दाइकाे संयुक्त रचनामा तयार भएकाे याे गीत मेराे कान भित्र अहिले दिनरात गुञ्जिरहेकाे छ । देशले गत एक हप्ताभित्र राष्ट्रिय जीवनमा महत्वपूर्ण याेगदान पुराएका केही महत्वपूर्ण व्यक्तिहरू गुमायाे । पहिले पर्यटन, संस्कृति तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीकाे हेलिकप्टर दुर्घटनामा असामयिक निधन भयाे । त्यसकाे लगत्तै पूर्व अर्थ मन्त्री भरत माेहन अधिकारीकाे ह्याम्स हस्पिटलमा निधन भयाे । फेरि पूर्व सांसद गणेश पंडितकाे । विचार , सम्बन्ध र परिवेशकाे अन्तरका कारणले कतिपय कुरामा सबैकाे सहमति नहाेला । तर मृत्यु सबैकाे साझा अपरिहार्यता हाे । कसैले पनि यसबाट उम्कने उपाय रच्न सक्दैन । मृत्युले सबैलाइ पीडा दिन्छ नै । तर समय , परिस्थिति र ठाउँकाे परिवर्तन सँगै हरेक पीडामा मलम लाग्दै जान्छ र मानिस सामान्य जीवन विताउन थान्दछ । यसै सन्दर्भमा अब्दुल कलामकाे एउटा उद्धरण सदा सम्झन लायक छ । ” समय, धैर्य र प्रकृतिमा सबै प्रकारको अप्ठेरोलाई टाढा राख्ने र सबै प्रकारको घाउहरुलाई निको पार्ने उत्कृष्ट चिकित्सा विज्ञान हुन्छ  ।”

पूर्वसांसद गणेश पंडित ।
पूर्व अर्थ मन्त्री भरतमाेहन अधिकारी ।
पर्यटन , नागरिक उड्यान तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारी ।
IME Remittance