पहिरोमा परेर लमजुङमा चार जनाको मृत्यु

लमजुङको पहिरोमा परी बेपत्ता भएका चारै जना मृत भेटिएका छन्।क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ बगुमस्थित गए राति पहिरो खस्दा चार जनाको मृत्यु भएको हो। पहिरोले तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए।

पहिरोमा पुरिएर ६७ वर्षीय रुद्रमान गुरुङ, उहाँकी बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, नातिनी ४ वर्षीया नम्रता गुरुङ र ८ वर्षीया इच्छा गुरुङको शव भेटिएको स्थानीय चित्र घलेले जानकारी दिए।उनले प्रहरी र स्थानीयले भग्नावशेषबाट उनीहरूको शव निकालेका हुन्।

IME Remittance