जेठ ८ । नाइजेरियाका सेना प्रमुख जनरल इब्राहिम अटाहिरूको देशको उत्तर-पश्चिमी राज्य कडुनामा भएको एउटा विमान दुर्घटनामा परेर मृत्यु भएको अधिकारीहरूले बताएका छन्। खराब मौसमबीच विमान अवतरण गर्ने प्रयास हुँदा उक्त घटना घटेको त्यहाँको सेनालाई उद्यृत गर्दै बस्बीसीले जनाएको छ।
दुर्घटनामा परेर चालक दल र अन्य दशजना अधिकृतहरू मारिएको बताइएको छ। राष्ट्रपति मोहम्मदु बुहारीले दुर्घटनाका कारण आफू ुगहिरो दुस्खमा परेको बताएका छन्।
५४ वर्षीय जनरल अटाहिरूले गत ज्यानुअरी महिनामा सेनाको उच्च तहमा पुनर्संरचना गरिँदा उक्त पद सम्हालेका थिए।