बुटवल ।
रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिकाे बैठक २०७५ माघ ३ गते बुटवलमा सम्पन्न भएकाे छ । अध्यक्ष जीवन शर्माकाे अध्यक्षतामा बसेकाे उक्त बैठकले अागामी फागुन १,२ र ३ गते पाेखरामा हुन गइरहेकाे चाैथाे राष्ट्रिय सम्मेलनलाइ सफल पार्न िवभिन्न महत्वपूर्ण निर्णयहरू गरेकाे छ ।
बैठकले सम्मेलन सफल पार्न विभिन्न उप समितिहरू गठन गरेकाे छ । गठन गरिएका समितिहरूमा अध्यक्षकाे संयाेजकत्वमा सांगठनिक प्रतिवेदन मस्याैदा समिति, महासचीवकाे संयाेजकत्वमा विधान संसाेधन समिति , काेषाध्यक्ष भरत श्रेष्ठकाे संयाेजकत्वमा अार्थिक समिति , उपाध्यक्ष भरत शाहीकाे संयाेजकत्वमा प्रचार प्रसार समिति , सचीव दलबहादुर विक काे संयाेजकत्वमा सांस्कृतिक प्रतुति व्यवस्था समिति , केस लक्ष्मी रिजालकाे संयाेजकत्वमा संमेलन व्यवस्थापन समिति र के.स. समीर विक काे संयाेजकत्वमा स्वयमसेवक परिचालन समिति रहेका छन । बैठकले सदस्य संख्याकाे अाधारमा जिल्लाहरूबाट प्रतिनिधीहरूकाे छनाैट गर्ने, माघ २५ भित्र जिल्ला भेला तथा संमेलनहरू गरिसक्नु पर्ने लगायतका निर्णयहरू समेत गरेकाे महासचीव नारायण याेगीले जानकारी दिनु भयाे ।