हजाराैं जनताका सामु रक्तिमका गीत

फागुनकाे पहिलाे हप्ताभरि नेपालका विभिन्न भागमा चलिरहेका समाराेह, उत्सव र महाेत्सवहरूमा रक्तिमका गीतहरू व्यापक रूपमा घन्किरहे। नवलपुर, रूपन्देही, प्युठान र दाङका विभिन्न कार्यक्रमहरूमा प्रस्तुत यी गीत सुनेर बच्चादेखि बृद्ध सम्मका हजाराैं जनसमुहमा उत्साह र उमंगकाे रक्तसंचार चरमाेत्कर्षमा देखा पराे । सिमली छायाँ , म डुल्दै जाँदा तराइकाे फाँटमा , यसपाली त यस्तै भाे अामा अर्काे साला अाउनेछु दशैमा अादि गीतहरू प्रस्तुत गर्दा पुरै दर्शक दीर्घा जुरूक्क उठ्ने गरेकाे थियाे । गत केही बर्ष यता रक्तिमका गीतहरू विभिन्न समाराेह हरूमा सर्वप्रिय हुदैगइरहेका छन । सुदुर पूर्वी जिल्ला ताप्लेजुङ देखि लिएर सुदुर पश्चिमका कन्चनपुर , कैलाली सम्म सबै तिर  रक्तिम गीत  सुन्न हजाराैं जनसमुह उपस्थित हुने गरेका छन । २०४३ सालमा स्थापना भएकाे रक्तिमकाे इतिहास विभिन्न कालखण्डका विभन्न कालरात्री पार गरेर याे अवस्थामा उठेकाे छ । कैयाै समय भुमिगत किसिमले पनि यसले सांस्कृतिक गतिविधी अागाडि बढायाे । कहिले खुला र कहिले लुकी लुकी जनताका अागन र चाैतारी हरूमा रक्तिमका सांगितिक कार्यक्रम चल्दै गए । २०३२ साल देखि नै रक्तिम संग सम्बन्धित कतिपय कलाकारहरूले जनताका गीत गाउदै अाएका हुन । चालिस बर्ष भन्दा लामाे याे अवधीमा रक्तिमका कलाकार हरूले हजाराैं गीत नेपाली जनतामा पस्की सकेका छन । जनताबाट पनि उच्च प्रकारकाे सम्मान र न्यानाे रक्तिमलार्इ प्राप्त भइरहेकाे छ ।

IME Remittance