
न आँसुले रोक्न सक्यो न चित्कारले छेक्यो
एउटा सानो रोगले आज हाम्रो माया खोस्यो
हिजो सम्म छहारी थियोे आज घामले पोल्यो
घामपानीमा ओत दिने छानो आज ढल्यो
राइफलसँग नझुकेको शीर मृत्युसँग झुक्यो
बोलिरहने आवाज पनि सदाकालागि सुक्यो
जन्मेपछि मर्नुपर्ने यही त जीवनको खोट थियोे
साँच्चै गुमाउनुको पिडाले मनमा साह्रै चोट दियो
पाँच औँलासरि थियौँ,एउटा औँला गुम्यो
गुमिसकेको त्यही औँला नजरभरि घुम्यो
कसैगरि थामिदैन यो आँसुको भेल
यस्तै रैछ जीवन कथा, समयको खेल
बुढी आमा रोइरहन्छिन फोटो हेरीहेरी
छिनछिनमा बर्बराउदै बाबु भन्छिन फेरि
अब कहिल्यै हुनेछैन जीन्दगीमा भेट
सधैंका लागि बन्द भयो हामी बिचको गेट

परिवारसँगै खुशी बाड्ने चाहना अधुरो भयो
सदा जस्तो छैन घर,सुनसान भयो आँगन
पलपलका सम्झनाहरुले तडपाउँछ झन
मृत्यु सबैको साथमा हुन्छ कस्को साथ हुन्न र
सिंगो शरीर धुँवा भई उड्दा कस्को मन रुन्न र
मिल्ने भए श्वास पनि हामी फेरिदिन्थ्यौं
पाउने भए जीवन फेरि खोजी खोजी लिन्थ्यौं


