बरदुबई । रक्तिम सांस्कृतिक अभियान युएर्ईका अध्यक्ष डम्मर भण्डारीलाई युएर्ईको रोजगारीलाई बिट मार्दै स्वदेश फर्कन लागेकाेमा सम्मान सहित बिदाइकाे कार्यक्रमकाे अायाेजना गरियाे । युएईमा रोजगाररत रहँदा कलाकारहरूलाई सङ्गठित गर्दै लामो समयसम्म रक्तिम युएर्ईको कमान्ड सम्हाल्नु भएका अध्यक्ष भण्डारीको सम्मानमा युएर्ई नेपाली एकता समाजले २ फेबु्रअरी २०१८ का दिन बरदुबईस्थित सन एन्ड मन ट्राभल्सको सभाहलमा एक बिदाइ समारोहको आयोजना गरेको थियो । सोही समारोहमा भण्डारीलाई सम्मान सहित बिदाइ गरिएको हो ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि युएर्ई नेपाली एकता समाजका संस्थापक सदस्य कृष्ण भुसालले रक्तिम युएर्ईका अध्यक्ष डम्मर भण्डारीले आफ्नो कलाको माध्यमबाट पुर्याउनु भएको अमूल्य योगदानलाई सङ्गठनले कहिल्यै बिर्सन नसक्ने बताउनु भयो । “डम्मरजीले युएर्ईमा रहँदा आफ्नो कलाको माध्यमबाट पुर्याउनु भएको योगदानलाई हामीले कहिल्यै पनि विर्सन सक्ने छैनौँ” उहाँले भन्नु भयो– “हामीलाई विश्वास छ, नेपालमा गएर पनि उहाँले आफ्नो कलाकारिता र साङ्गठनिक यात्रालाई निरन्तरता दिनु हुने छ ।”
कार्यक्रममा बोल्दै युएर्ई नेपाली एकता समाजका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य कृष्ण केसीले युएर्ईको रोजगारीलाई बिट मार्दै आफ्नै देशमा फर्कने डम्मर भण्डारीको निर्णयले नेपालमा रक्तिम सांस्कृतिक अभियानले अघि बढाई रहेको सर्वहारा सांस्कृतिक आन्दोलनलाई ठोस मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । समाजका पूर्व उपाध्यक्ष यम पुन, पूर्व सचिव पावेल शर्मा बरदुबई क्षेत्रीय समितिका सचिव केपी विरही, प्रगतिशील पत्रकार सङ्घकी प्रतिनिधि अर्चना सुवेदी, एकता समाज अन्तर्गतको महिला विभागकी अध्यक्ष सावित्रा घिमिरे, रक्तिम युएर्ईकी निरू शर्मा लगायतले समारोहलाई सम्बोधन गर्दै रक्तिम युएर्ईका अध्यक्ष डम्मर भण्डारी सबैका प्रिय कलाकार रहेको बताउनु भएको थियो । नेपाली महिला विभाग युएर्ईका तुलसा न्यौपाने, मिना घिमिरे, विमला पाण्डे र मञ्जु ढुङ्गाना लगायतले समेत समारोहलाई सम्बोधन गर्दे डम्मर भण्डारीले युएईमा रहँदा आफ्नो कलाको माध्यमबाट प्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सचेत र सङ्गठित पार्न महत्वपूर्ण योगदान पुर्याउनु भएको बताउनु भएको थियो ।
समारोहमा युएर्ईमा रोजगाररत रहेका प्रवासी नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले अध्यक्ष भण्डारीलाई खादा र टीका लगाई दिदै बिदाइ गरेका थिए । युएर्ई नेपाली एकता समाजका सचिव विष्णु गैरेको समेत समारोहमा आतिथ्यता रहेको थियो । बिदाइ समारोहमा समाजकातर्फबाट भण्डारीलाई सम्मान पत्र प्रदान गरिएको थियो । समारोहमा सहभागी कतिपयले त बिदाइ हुन लागेका कलाकार भण्डारीलाई उपहारहरू समेत प्रदान गरेका थिए ।
सहभागीहरूले सम्मानपूर्वक टीका लगाई दिदै खादा ओढाएर बिदाइ गरे पश्चात् अध्यक्ष भण्डारीले समारोहमा सारगर्भित मन्तव्य राख्नु भएको थियो । “म यहाँबाट बिदाइ भएर गए पनि युएर्ई नेपाली एकता समाज, रक्तिम युएर्ई र यहाँको महिला विभागसँगको सम्बन्धलाई सधै प्रगाढ राख्ने प्रयत्नमा रहने छु” डम्मर भण्डारीले भन्नु भयो– “यहाँबाट स्वदेश गई सकेपछि पनि म त्यहाँ रक्तिम सांस्कृतिक अभियानमा नै क्रियाशील रहने छु । यता आवश्यकता पर्दा हामीले उताबाट सहयोग गर्ने छौँ, उता आवश्यकता पर्दा तपाईहरूले यताबाट सहयोग गर्नुु हुने छ । दुवैतर्फबाट सहयोगको आदान प्रदान हुने छ ।” मन्तव्यको क्रममा भण्डारीले युएर्ईमा रहनु हुने साथीहरूले सङ्गठनलाई बलियो बनाउने अपेक्षा व्यक्त गर्नु भयो । “मलाई विश्वास छ– यहाँ रहनु हुने साथीहरूले सङ्गठनलाई अझ बलियो बनाउनु हुने छ ।” उहाँले भन्नु भयो– “स्वदेशमा रहँदा युएर्ई रक्तिमको झनै विकास भएको सुन्न पाउनेमा म आशावादी छु ।” सो बिदाइ तथा सम्मान समारोहको अध्यक्षता कलाधर सापकोटाले गर्नु भएको थियो भने सञ्चालन भानु शर्माले गर्नु भएको थियो ।
युएर्ईको रोजगारीलाई बिट मार्दै स्वदेश फर्कन लाग्नु भएका कलाकार डम्मर भण्डारीले नेपालमा रहँदा रक्तिम सांस्कृतिक अभियानको उपाध्यक्षसम्मको जिम्मेवारी समेत कुशलतापूर्वक पुरा गर्नु भएको थियो । नृत्य र अभिनयमा विशेष पोख्त मानिनु हुने कलाकार भण्डारी २०५३ श्रावणदेखि नेपालमा रक्तिमको केन्द्रीय टोलीमा आबद्ध रहनु भएको थियो । त्यस यता रक्तिमले सञ्चालन गरेका प्रायः अभियानहरूमा कलाकार भण्डारीको महत्वपूर्ण भूमिका रहने गरेको थियो । २००५ अर्थात् २०६२ सालको अन्त्यतिर रोजगारीका लागि मलेसिया जानु अघिसम्म कलाकार भण्डारी रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा हुनु हुन्थ्यो । झण्डै एक वर्ष मलेसियामा रोजगाररत रही २०६३ को अन्त्यमा नेपाल फर्किएपछि उहाँ पुनः रक्तिम सांस्कृतिक अभियानमा सक्रिय रहनु भएको थियो । २००९ अर्थात् २०६६ सालको अन्त्यतिर रोजगारीको सिलसिलामा कलाकार भण्डारी युएर्ई आई पुग्नु भएको थियो । युएर्ईमा रोजगाररत रहेकै बेला २०१० मा कलाकार भण्डारी युएर्ई नेपाली एकता समाज अन्तर्गतको रक्तिम सांस्कृतिक अभियान युएर्ईको अध्यक्षमा चयन हुनु भएको थियो । यो आठ वर्षको अवधिमा कलाकार भण्डारीले नेपालबाट रोजगारीको सिलसिलामा युएर्ई आई पुगेका प्रगतिशील कलाकारहरूलाई सङ्गठित गर्न महत्वपूर्ण भूमिका निभाउनु भएको थियो । नेपाली चाडपर्वहरूका बेला युएर्ईका विभिन्न स्थानमा विभिन्न नेपाली सङ्घ÷संस्थाहरूले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमहरूमा रक्तिम युएर्ईले आफ्नो साङ्गीतिक प्रस्तुति दिदै आएको छ, जसमा मुख्य नेतृत्व कलाकार भण्डारीकै रहने गरेको थियो । युएर्ईमा रोजगाररत प्रवासी नेपालीहरूका बीचमा भण्डारी निकै लोकप्रिय रहनु भएको थियो । निश्चय नै युएर्ईमा रोजगाररत प्रवासी नेपालीहरूलाई कलाकार भण्डारीको अभाव अब खड्की रहने छ । तर बिदाइ समारोहमा भण्डारी स्वयंले घोषणा गरेको “निरन्तर सहयोगको प्रतिबद्धता” ले आफ्नै मातृभूमिमा रहँदा पनि भण्डारीबाट युएर्ई रक्तिमलाई आवश्यकता अनुसारको सहयोग प्राप्त हुनमा युएर्ईमा रोजगाररत प्रवासी नेपालीहरू आशावादी हुँदा फरक नपर्ने देखिन्छ । युएर्ईमा रहँदा रक्तिम युएर्ईलाई सफल नेतृत्व प्रदान गर्नु भएका कलाकार भण्डारीले नेपालमा गएर पनि रक्तिम सांस्कृतिक अभियानमा पुनः क्रियाशील हुँदै सर्वहारा सांस्कृतिक आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा समेत युएर्ईमा रोजगाररत प्रवासी नेपालीहरू विश्वस्त देखिन्थे।
डमर भण्डारी नेपालमा अाएर पनि रक्तिम सांस्कृतिक अभियानकाे समपर्कमा अाइसक्नु भएकाे छ । नेपालमा रहेर वहाँले फेरि सर्वहारा सांस्कृतिक अभियानकाे काममा जुट्ने निर्णय लिएकाे कुरा रक्तिमकाे विश्वस्त सुत्रबाट थाहा हुन गएकाे छ ।
|