रक्तिम सांस्कृतिक अभियान जापान च्याप्टर ।
रक्तिम सांस्कृतिक अभियान जापानकाे विशेष सकृयतामा जापानकाे अाेशाका र टाेकियाे शहरमा जनसांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे छ । नयाँ बर्षकाे उपलक्षमा अायाेजित विविध सांस्कृतिक कार्यक्रममा जापानमा कृयाशी रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले सशक्त रूपमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । सचित्र के.सी., प्रकास बी.सी., खडक पुन, लिला परियार लगायतका रक्तिम का हाेनहार
कलाकारकाे प्रस्तुतीले रङ्गमञ्च तताएकाे थियाे ।
जापानमा रक्तिम सांस्कृतिक अभियानकाे सशक्त संगठन बनेकाे छ । लामाे समय नेपालमा सर्वहारा सांस्कृतिक अान्दाेलनमा सकृयता पूर्वक संघर्ष गरेका सांकृतिक सिपाहीकाे उपस्थिति र उनीहरूकाे दृढताले अागमी दिनमा झनै सशक्त प्रकारले जनवादी सांगीतिक अभियान अघि बढ्ने संभावना छ । जपान नेपाली एकता समाजकाे राष्ट्रिय संमेलनमा यिनै सचेत कलाकारका चेतना मूलक प्रस्तुती मजदुर वर्गका लागि सबैभन्दा बढी अर्थपूर्ण रहे । साथै उक्त अवसरमा नेपाली नाैमति बाजाकाे प्रस्तुती पनि रहेकाे थियाे । नेपाली माैलिक कला संस्कृति झल्कने बाजाकाे तालले कार्यक्रमकाे राैनक बढाएकाे । जापान नेपाली एकता समाजकाे अायाेजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल बाट गएका कलाकारहरूकाे पनि प्रस्तुती रहेकाे थियाे । https://www.facebook.com/hemlal.gautam.3/videos/1679713358733372/
रक्तिम सांस्कृतिक अभियान जापानका सांस्कृतिक याेद्धाहरू अध्यक्ष ः सचित्र के.सी. उपाध्यक्ष ः तेज के.सी. सचीव ः गाेपाल सापकाेटा , सहसचीव ः खडक पुन , काेषाध्यक्ष ः प्रकास बी.सी ,
सदस्यहरू ः मनबहादुर सलामी, धन के.सी, निरू मल्ल, गाेपाल खत्री , माया पुन, टीका के.सी. , दिलु खत्री र सिरू गाैतम ।