रक्तिमका गतिविधीहरू :

rato

रक्तिम केन्द्रको बैठक सम्पन्न -वीरेन्द्रनगर ।

रक्तिम सांस्कृतिक अभियान, केन्द्रीय समितिको बैठक सुर्खेतको वीरेन्द्रनगरमा २०७३ चैत्र २० गते सम्पन्न भएको थियो ।
बैठकले राष्ट्रिय जनमोर्चाको प्रचारात्मक अभियानलाई सघाउन रक्तिमले केन्द्रीय स्तरबाटै विशेष जिम्मा तोकेको थियो । जस अनुसार केन्द्रीय स्तरबाट सेती–महाकाली क्षेत्रमा बाबुराम आचार्य र लक्ष्मी रिजाललाई, भेरी–कर्णाली क्षेत्रमा जीवन शाही र मान बहादुर भण्डारीलाई राप्ती–लुम्बिनी क्षेत्रमा विष्णु केसीलाई, नारायणीमा खिमा पुनलाई र बागमतीमा निलिमा पुनलाई विशेष जिम्मा दिएको थियो ।

रक्तिमको बैठकले स्थानीय निर्वाचन लगत्तै अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम अन्तर्गत “मध्य पहाडी जन सांस्कृतिक अभियान” सञ्चालन गर्ने निर्णय समेत गरेको थियो । तर स्थानीय तहको चुनावले गर्दा सो कार्यक्रम सम्पन्न हुन सकेन ।
त्यस्तै, मुखपत्र ‘रक्तिम अभियान’ छिट्टै प्रकाशन गर्ने र रिक्त केन्द्रीय सदस्यमा वैकल्पिक सदस्य लक्ष्मी रिजाललाई नियुक्त गर्ने लगायतका निर्णय पनि बैठकमा भएको थियो ।

स्याङजामा नया जिल्ला समिति
स्याङजा । रक्तिम सांस्कृतिक अभियानको स्याङ्जा जिल्लामा नया समिति गठन भएको छ । रक्तिमका केन्द्रीय सदस्य सुमन रोकाको विशेष उपस्थितिमा २०७३ चैत्र २४ गतेका दिन बयरघारी बजारमा सम्पन्न एक भेलाले सो समिति गठन गरेको हो । भेलामा अनेमसंघकी केन्द्रीय अध्यक्ष तथा राजमो सांसद मीना पुन, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय अध्यक्ष नारायण सापकोटा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय कोषाध्यक्ष लालबहादुर राना, राजमो स्याङ्जाका अध्यक्ष राजेन्द्र गैरे लगायतका नेताहरुको समेत आतिथ्यता रहेको थियो ।
भेलाले रक्तिमको पुरानो समितिलाई भङ्ग गरी सपना वि.क.को अध्यक्षतामा १७ सदस्यीय जिल्ला संगठन समिति गठन गरेको छ । गठित समितिको उपाध्यक्ष सुशिल वि.क., सचिव रिता सुनार सहसचिव सुजन वि.क. र कोषाध्यक्ष सुनिल वि.क. रहनुभएको छ । समितिका पूर्ण सदस्यहरुमा सुमन एस.के, हरि पंगेनी, जितबहादुर वि.क., नरेन्द्र वि.क., सिता वि.क., सन्देश शर्मा बस्याल, सविना वि.क., राजु वि.क.र हरि वि.क रहनुभएको छ । बैकल्पिक सदस्यहरुमा अस्मिता वि.क. र साजन वि.क. रहनुभएको छ । बैकल्पिक सदस्यको एक स्थान हाललाई रिक्त राखिएको छ ।

सुर्खेत । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको सिलसिलामा सुर्खेतको लेखगाउ“मा रक्तिम सांस्कृतिक अभियानको गाउ“ समिति गठन भएको छ । रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सांस्कृतिक सभाका सदस्य भक्त रानाको प्रमुख आतिथ्यता र अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष पूर्ण बहादुर शाहीको विशेष आतिथ्यतामा २०७३ माघ १० गते सम्पन्न प्रशिक्षणात्मक भेलाले सो समिति गठन गरेको हो ।
गठित समितिको अध्यक्ष सीता विसङ्खे रहनु भएको छ । समितिको उपाध्यक्षमा सन्तोष पोख्रेल, सचिवमा युवराज चलाउने, कोषाध्यक्षमा राजेन्द्र बस्नेत र सहसचिवमा भावना राना रहनु भएको छ । १३ सदस्यीय सो समितिका सदस्यहरुमा यमुना कार्की, शङ्कर पुलामी, शर्मिला थापा, चेतन क“डेल र अमृता कार्की रहनु भएको छ । भेलामा सहभागीहरुलाई प्रमुख अतिथि राना र विशेष अतिथि शाहीले विभिन्न विषयमा प्रशिक्षण समेत दिनु भएको थियो ।