होचो कदको अग्लो मान्छे -निनु चापागांर्इ ।
२०७४ जेठ २१ गते प्रगतिशील लेखक सङ्घले बरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको श्रद्धाञ्जलि कार्यक्रमकाे आयोजना गरेकाे थियाे । उक्त कार्यक्रममा उहाँको सरल जीवन र जनपक्षीय विचारबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा वक्ताहरुले जोड दिनुभयो ।प्रगतिशील लेखकसङ्घका संस्थापक अध्यक्ष
एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य समेत रहनुभएका बरिष्ठ साहित्यकार श्याम शर्माले राजनीति, साहित्य, पत्रकारिता र समाजसेवाका विविध आयामकाे माध्यमबाट जीवनभर अनवरत रूपमा जनताकाे सेवा गर्नुभएको थियो ।उहाँ विसं। १९८६ असार ६ मा जन्मनुभएकाे थियाे । गत वैशाख २४ गते ८७ वर्षको उमेरमा काठमाडौँम निधन भएको थियो । उहाँका दर्जनाैँ पुस्तक प्रकाशित छन् ।
उक्त कार्यक्रममा बरिष्ठ समालाेचक निनु चापागाईँले श्यामप्रसाद शर्मा ‘होचो कदको अग्लो मान्छे’ भएको चर्चा गर्दै विरोधीसँग पनि मिलेर गर्न सक्ने क्षमतायुक्त हुनुभएको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरी, सम्झना शर्मा प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोखरेल महासचिव आरएम डङ्गोल, साहित्यकारहरु शान्तादास मानन्धर, हरिहर खनाल, राम विनय, वासुदेव अधिकारी,मित्रलाल पङ्ज्ञेनी, डा विन्दू शर्मालगाउतले श्यामप्रसादको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो । शर्माकी छोरीले उहाँका बाँकी पाण्डुलिपीको प्रकाशन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रममा रक्तिम साँस्कृतिक अभियान लगाएत विभिन्न साहित्यिक सांस्कृतिक संघ संस्थाका प्रतिनिधीहरूकाे सहभागिका थियाे ।