विश्वमै पहिलोपटक मान्छेको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

विश्वमै पहिलोपटक मानव शरीरमा सुँगुरको मुटुको सफल प्रत्यारोपण गरिएको छ।अमेरिकाका ५७ वर्षीय डेभिड बेनेट  आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति बनेका छन ।

चिकित्स टोलीले ७ घन्टा लामो शल्यक्रिया गरी मुटुको प्रत्यारोपण गरेका हुन्। प्रत्यारोपण नै व्यानेटको जीवन रक्षा गर्ने एक मात्रै विकल्प भएको चिकित्सकहरुले बताएका छन्।सुँगुरको मुटु प्रत्यारोपणपछि ब्यानेटको दीर्घ जीवन हुन्छ कि हुँदैन भन्ने अझै निश्चित भएको छैन। तर प्रत्यारोपणको तीन दिनमा उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ। बीबीसीमा समाचार छ।


शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई ‘अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने’ बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ। अहिले अमेरिकामा दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा १७ जना मानिसको ज्यान गइरहेको छ।
एक लाखभन्दा बढी मानिस पर्खाइको सूचीमा छन्।सन् २०२१ को अक्टोबरमा न्यू योर्कस्थित शल्यचिकित्सकले मानव शरीरमा सुँगुरको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको घोषणा गरेका थिए। तर त्यसबेला प्रत्यारोपण गरिएका व्यक्तिको मस्तिष्क मृत थियो र निको हुने आशा थिएन। अहिले मुटु प्रत्यारोपण गरिएका बेनेट भने आफू बाँचिरहन सक्ने आशा व्यक्त गर्छन्।

 

IME Remittance