गोरखाको वीरेन्द्र ताल फुट्यो,बूढीगण्डकीको तटीय क्षेत्रमा सतर्क रहन गृहमन्त्रालयकाे आग्रह

गोरखाको वीरेन्द्र ताल फुटेको छ । मनासलु बेसक्याम्पबाट झरेको हिम पहिरोका कारण तालको पानी बाहिर निस्किएको हो । तल्लो तटीय क्षेत्रमा नदीको आकार बढेको छ । बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको छ ।

स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौँकीको टोली ताल रहेको क्षेत्रमा पुगेको बताइएको छ ।तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

वीरेन्द्र ताल फुटेर बूढीगण्डकीमा बहाव बढेकाले तल्लो तटीय क्षेत्रमा सतर्क रहन गृह मन्त्रालयले आग्रह गरेको छ।आइतबार बिहान चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु  क्षेत्रमा रहेको वीरेन्द्र ताल फुटेको मन्त्रालयले जनाएको छ।‘हिउँ पहिरोले गोखराको चुमनुब्री गाउँपालिका–१ स्थित वीरेन्द्रताल फुट्दा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance