साथीहरुको कथा !

( दैनिकपाना डट् कममा प्रकाशित )

 

लेखक: सागर कुँवर

सामाजिक जिवनमा लागे पछि धेरै साथीहरु बन्ने नै भए । विद्यार्थी जिवनमा जुन वर्गबाट आए पनि विद्यार्थी नै थिए । धेरै साथीहरु बने । कोहि वर्गीय मित्र बने कोहि वर्गीय शत्रु बने । मातृ पार्टीको वैचारिक प्रभाव पर्नु स्वभाविक नै हो, त्यो मुख्य कडि बन्ने नै भयो।एउटा निकै मिल्ने साथी थियो, सङै राजनितिक आन्दोलनमा लागेको, पछि उ क्रान्तिकारी उद्देश पूरा गर्ने भनेर माओवादी रोज्यो, माओवादी आन्दोलन विसर्जन भयो, वुर्जुवा गणतन्त्र नि आयो । त्यस पछि लामो समय पछि भेट भयो उ सङ्ग, त्यो बेला उसको निजि जीवन सुन्दर बनेको थियो, विलासिताका साधनहरुले उ मा अभाव थिएन, शहरमा घर देखि थुप्रै चिजले उसलाई माया गरेको थिए, उसले त्यसलाई परिवर्तन वताउद्थ्यो । त्यस पछि खासै भलाकुसारी गर्ने भनेर हाम्रो भेट भएन ।

अर्को एउटा साथी थियो, प्रजातान्त्रिक विचारको राजनिती गर्छु भनेर प्रजातान्त्रिक बन्यो, बिस्तारै प्रजातान्त्रिक बन्यो बनेन त्यो त थाहा भएन, एउटा कार्यक्रममा हाम्रो विरुद्ध आक्रमण गर्न त्यो नि अग्रपंक्तिमा थियो, सङ्गै राजनिती शुरु गरेको मित्र चाडैं दुश्मन बन्यो । अहिले कहिलेकाही भेट हुँदा रार्म्रोसङ्ग बोल्दैन, उ सत्य र न्यायको बाटोमा होइन, निजि जीवन समृद्व पार्ने अभियानमा नै छ ।त्यो प्रकारका धेरै साथीहरु थिए, जो पछि कोहि मेरो नजिकको मित्र पनि बने ।

सामाजिक जिवनमा अगि बढ्दै जादा धेरै साथीहरुसङ्ग भेट भयो, जो वालसखा त होइनन, तर वालसखाका हितैसी भन्दा प्रिय लाग्छन, किनकी हाम्रो वर्ग पक्षधरता मिलेको छ। पुर्वको साथी घाइते हुँदा पश्चिमको साथीको आखामा आँसु देखिन्छ ।

यसरी साथी बन्नेहरु सबै सधै स्थायी बनेनन। कोहि छुट्डै गए, कोहि अहिले सङ्गै छन। समस्या त त्यो पो रहेछ, छुट्दै गएका नि भेटिन्छन, कुराकानी गर्छन, पुराना सघर्षका कथा व्यथा स्मरण गराउछन, सङ्गै भएका कोहि साथी भेट भए पनि जातै जाला जस्तो गर्छन । कहिलेकाही परिस्थितिले यस्तो पनि बनाउदो रहेछ ।

कुरो त्यति मात्र कहाँ पो रह्यो र, उनको विचारलाई समर्थन नगरिदिए साथी नै भैएन, समर्थन गरिदिए हुनसम्मको विश्वासिलो भैयो। परिस्थिति यस्तो पनि आयो कि, एउटा सानो फरक कुरो गर्‍यो कि लौ यो त अब जाने भयो, पहिला पहिला पनि जान्थे । त्यो बेला लाग्छ, त्यो साथीले पहिला र अहिलेको अवस्थाको ठोस मुल्यांकन गर्छ होला कि गर्दैन होला । तै पनि उसलाई धेरै के भन्नु, उ एक शुत्रीय गाइडेड छ । कृयटिभ भएको भए त यस्ताको उस्तो भन्न हुन्थ्यो, गाइडेड भएपछी भनेको पनि सुन्दैन, अनि भन्छ, परिस्थिति बुझेनौ साथी । त्यो साथीले बुझेको परिस्थितिले उसको जिवनमा त घाम लाग्ला, तर उसले घाम तपाउने भनेका मान्छेहरु सधै चिसोमा बस्न बाध्य हुनेछ्न। त्यसलाई उसले परिस्थिति बताइदियो, त्यो कुरा मलाई मन परेन, मलाइ मन नपरेकै आधारमा उसले मलाई छिपछिपे, अर्ध ज्ञानि, उग्र, अराजकका लान्छनाको माला नै बनाइदियो र लगाइदियो । आफुलाई निकै क्रान्तिकारी बताएर साथीले धेरै कुराको जोरजाम गरेर लगाइदिएको माला मेरो आदर्शसङ्ग मिलेन, मलाई लगाउन मन लागेन, मैले मिल्काइदिए। अनि भन्छ, पहिलेको साथी जस्तै । त्यो नै साथीको कमजोरी छ, पहिलाको जस्तै देख्छ। साउन महिनामा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भन्थे हो रहेछ भन्छु, धेरै भनेर पनि गम खान्न । यस्ता साथि पनि छन मेरा ।

साथी त सघर्षको मैदानमा स्पात भएर लागोस र वात मारोस र पो बल्ल मजा हुन्थ्यो, त्यो गर्नु त कता हो कता, नेता जि को पछि पछि लाग्यो, अरुले गरेको कामलाई आफ्नो भन्यो अनि रिपोर्टिङ गर्‍यो, ज्यु हजुरी गर्‍यो, नातागोता साइनो सम्बन्ध बनायो र नेता बन्यो, अनि फिल्ड खाएकालाई हेप्यो, फलानो अलि अराजक छ भन्यो, यो प्रवृत्ति भएका साथीहरुसङ्ग पनि सङ्गत गर्न पाइयो, अनुभव सङ्गाल्न पाउनु पनि खुसी कै कुरो हो जस्तो लाग्छ ।

अरु पनि साथी छन, कैयौं सवालमा कुरा मिल्दैन तर पनि भावना मिलेकै छन, सुन्दर भविष्यका रुमानी सपनाहरुको पक्षमा सघर्ष गर्ने सवालमा। दुर दराजका उत्पीडित भोका नाङ्गाहरुको आगनमा उज्यालो ल्याउन तुफानि सघर्षमा हिडेका मित्रहरुलाई केही यस्ता मित्र छन, जसले सधै अराजक देख्छन। तिनको सोचाई नै अराजक छ भन्दैमा हाम्रो यात्रा नै अराजक हुने कुरो भएन।

कोहि साथीहरुले ससार बदल्ने कुरामा सहमत प्रकट त गरि नै रहन्छन तर, जिवनका कैयौं वाध्यता, विवसतालाई स्विकार गर्दै हातमुख जोर्नको लागि प्रवासको ५०/५५ डिग्रीको घाममा गैची र वेल्चा चलाउने, देशको क्रान्तिकारी आन्दोलनको लागि आफ्नो श्रमबाट योगदान गर्नेलाई साथीले पलायनवादी देख्छ, तर त्यही पलायनवादीले गाँस कटाएर दिएको सहयोगले आफ्नो जिन्दगीमा पेटसम्म भर्न पाएको विर्सिन्छ । सोच नबद्लिए पछि, चिन्तन नबद्लिए पछि अरु ठूलो कुरा सोच्न पनि नसकेर होला यस्तै कुराहरु गर्ने । विचरा! पलायनवादी भन्दियो, आफूलाई चाहिँ महा क्रान्तिकारी ठान्दियो ।

केही समय अगाडि युरोप पुगेका साथीहरुले जिन्दगीका आफ्ना सपनाहरु साकार पार्न दिनको १४/१६ घण्टा काम गरेर सघर्ष गर्दै छन, त्यो सङ्गै त्यसरी बगाएको पसिनाका केही थोपा देशको क्रान्तिकारी आन्दोलनमा पनि सिन्चेका छन तर ती साथी लाई आफुलाई महान वताउनेले पलायनवादी देख्छ, विश्व भुमण्डलिकरणमा मजदुर आन्दोलनको आम दिशा विश्वव्यापी बन्दै गएको बेलामा उसले त्यसलाई पलायनवादी देख्छ जबकी आफुले सिन्को भाच्नु पर्दैन, चिया पसलमा गफ छाटे पुगेको छ । यस्तै यस्तै पात्र र प्रवृतिको बिच भागबाट च्यापिदै गएको एउटा क्रान्तिकारी आन्दोलनको भविष्यको खोजी र विकासमा लागेकालाई उसले अझै कहिलेकाही त प्रतिगमन परस्त देख्छ। …………विचरा साथी ! र पनि उनिहरु मेरो साथी नै छन ।

कान्तिपुरमा प्रकाशित अर्काे कथा ः

https://www.kantipurdaily.com/bibidha/2019/03/02/155149281340248076.html

वसन्तको आगमन

सिउँडीफाल्गुन १८, २०७५विमल निभा

काठमाडौँ — वर्तमान राजनीतिक परिदृश्यलाई असुन्दर देख्नेहरू हो, कृपया आफ्नो पूर्वाग्रही दृष्टिको सर्वथा गलत कोणलाई समयोचित ढंगले मिलान गर्ने अलिक कष्ट गर्नोस् । यो अकारण होइन । किनभने ऋतुराज वसन्तको यस भूखण्डमा आगमन भइसकेको छ । गृष्म, वर्षा, शरद, हेमन्त र शिशिरको स्वाभाविक विदावारी पश्चात वातावरणमा यो कस्तो मादक ताजापन ? कर्णपटद्वयलाई अतिव प्रिय लाग्ने यस प्रकारको मर्मर ध्वनि कहाँबाट निःसृत भइरहेको हो ? संक्षेपमा यो अति सुखद मौसमी हलचलको अभिप्रायः के हँ ?

के अज्ञानी मनुवा (आफ्नै अन्तरमनलाई), यो ऋतृहरूमा सर्वश्रेष्ठ वसन्त ऋतुको मन्द–मन्द पदचाप हो । अर्को शब्दमा अति मुलायम वासन्तिक पगध्वनि । हो, एकपटक ध्यान दिएर सुन । ऋतुराज वसन्तले आफ्नो प्रविष्टीको मौसमी दुन्दुभी बजाइसकेको छ । के अब पनि यसको हठात् सम्मोहनबाट कोही उन्मुक्त हुनसक्छ ? अहँ, यो सम्भव नै छैन । तसर्थ यत्रतत्र र सर्वत्र वसन्तको कोमल–कोमल पदाघातको छाप दृष्टिगोचर हुन्छ । कहाँसम्म भने शृंगारविहीन शुष्क राजनीतिक क्षेत्र पनि यसबाट अप्रभावी हुनसकेको छैन ।

Citizen

केही समयअघि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आदिले राजधानी काठमाडौंको मध्यभागमा अवस्थित वसन्तपुर दरबारको नवनिर्मित परिसर (महाभूकम्पको तीव्र आघातले जर्जरप्रायः भइसकेको) बाट सामूहिक रूपमा वसन्त श्रवण गरे ।
यसलाई स्पष्ट तवरले भन्ने हो भने पहिलेका मदनोत्सवप्रेमी महासामन्तवादी राजा–महाराजाहरूका यावत् भाव–भंगिमामाआफ्ना भाट, चारण र भांँडसहित हाम्रा सम्माननीयहरूले वसन्त रागको एकमुष्ट आनन्द ग्रहण गरेका छन् । कुन्नि वसन्त याममा झन्कृत हुने यो वसन्त राग कस्तो हुन्छ ! म यस प्रकारको राग–रागिनी सम्बन्धी जानकार कुनै शास्त्रीय पण्डित होइन । त्यसकारण मैले आफ्नो निजी अज्ञानताकोशीघ्र शमन हेतु एक सत्ताधारी कमरेड समक्ष जिज्ञासा राखेँं ।
‘लालसलाम कमरेड ।’ प्रथमतः मैले अभिवादन गरेँं ।यसको उत्तरमा उनी कुपित भावमा मलाई हेर्न थाले ।‘कमरेड ।’ म मूल विषयमा आएँ, तुरुन्तै, ‘यो वसन्त राग भनेको के होला ?’
कमरेडको भृकुटी तन्कियो । (र लगत्तै शान्त भए ।) तत्पश्चात उनले मेरो प्रश्नको जुन उत्तर दिए, त्यो मलाई वसन्त राग कम र राग जयजयवन्ती बढी महसुस भयो । यद्यपि जयजयवन्ती रागको म त्यस्तो कुनै मर्मज्ञ होइन । यति थाहा छ, यसमा ‘जय, जय, जय’को व्यापकतम प्रयोग हुने गर्छ । (भर्खरै कमरेड वाणी सुनेर यो बोध भएको) ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का परम सत्ताधारी कमरेडहरू वसन्त रागमा आकण्ठ डुबेका छन् भने नेपाली कांग्रेस पार्टीका प्रतिपक्षी कांग्रेसीजन पनि यसको समग्र प्रभावबाट स्वतन्त्र हुनसकेका छैनन् । परन्तु यो इतरवाले प्रभाव भएकोले राग–रागिनीजन्य चाहिँं होइन । अपितु शतप्रतिशत मृदुल, मनोहर एवं सुवासयुक्त रहेको छ । तात्पर्य के भने आजभोलि नेपाली कांग्रेस पार्टी पूर्णतः द्वन्द्वमा रहेको प्रतित हुन्छ । परन्तु यो वामपन्थीहरूद्वारा बहुतायत मात्रामा उच्चारित ‘द्वन्द्वात्मकता’ नभएर कमनीय फूलको द्वन्द्व हो ।
अझ फूलहरूका माला अर्थात् ‘फूलमाला द्वन्द्व’ भन्नु समुचित हुनेछ । र यस्तो त फगत वसन्त फलितमै हुनसक्छ । किनभने वसन्त रंगीचंगी फूलहरूका ऋतु हो । अतः वसन्तागमन हुनासाथ कोइराला वंशका शेखर कोइराला, सुजाता कोइराला र शशांक कोइरालाहरू एकाएक वीरगन्ज नगरीमा वासन्ती फूलमालाले सम्पूर्णतः ढाकिएका छन् । कुनै सामान्य नभएर एक सय एकाइस किलोको जब्बर फूलमालाले ।
र यसको त्वरित प्रत्युत्तरमा वीरगन्जमै नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवालाई एक सय एकावन्न किलो तौलको फूलमाला पहिर्‍याइयो । यति भारी मात्रामा फूलहरूका उत्पादन (फूलमालाका निम्ति) केवल, केवल र केवल वसन्त ऋतुमै सम्भव हुनसक्छ । अन्य ऋतुमा यस्तो महत्तम ‘फूलविलास’को सुलभता कहाँ ? अब घरानियाँ कोइराला बन्धुबान्धवहरू सभापति देउवाको चुनौतीमा कति किलोको फूलमाला लिएर प्रस्तुत हुनेछन्, यो हेर्नुछ । म निकट भविष्यको त्यो पर्याप्त वजनदार फूलमालाको व्यग्र प्रतीक्षामा छु । किनभने असंख्य फूलैफूलहरूका मौसम वसन्त गइसकेको छैन ।
‘झमझम रसरंगको वर्षाद

कुसुमाकरको अविकल शोभाभावन

मलयानिल शीतलता

अन्तरतमको अलौकिक आभा ।’

(अज्ञात कविको कवितांश)