अघि बढ

अघि बढ
– मेघराज भट्टराई

एक एक पाइला अघि बढ
लडे पनि फेरि उठ अघि बढ

लक्ष्य तिम्रो महान् छ अघि बढ
बाधा आई लाग्लान् नरुकी बढ

स्वाभिमान नझुकी यात्रा रुक्ने छैन
सारा संसार तिम्रो नै हो अघि बढ

अन्धकारस“ग सामना गर्दै अघि बढ
अन्यायको अन्त्य हुन्छ अघि बढ

एक एक थोपा जम्मा गर
एक एक हात मिलाउ“दै गर

सङ्घर्ष छ यहाँ पाइलापिच्छे यात्रा गर
निरास होइन, हतास होइन अघि बढ

घुम्तीहरु आउने छन् अघि–पछि
काडाहरू बिछ्याएका बाटामा अघि बढ

लक्ष तिम्रो महान् छ अघि बढ
उद्देश्य तिम्रो महान् छ अघि बढ
(अफगानिस्तान)

नेपालमा मातृभाषामा प्रगतिशील साहित्य

IME Remittance