एसइईको नतिजा सार्वजनिक,२२ हजार ४७५ विद्यार्थीले ल्याए ३.६० देखि ४.०० जिपिए

काठमाडौँ — शैक्षिकसत्र २०७९ को एसईई नतिजा बिहीबार सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बैठक बसेर नतिजा सार्वजनिक गरेको हो।नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको छ।  त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो ।

यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ ।दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ। एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यवस्था छ।

एसएमएसका लागि १६००, ३१००३, ३४९४९,  ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था छ। नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np  मा हेर्न सकिने बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np,  नेपाल टेलिकमको www.see.ntc.net.np, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, ww.results.matraeducation.com, www.tuteeline.com  बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ।

२२ हजार ४७५ विद्यार्थीले ल्याए ३.६० देखि ४.०० जिपिए

एसईईमा ३.२० देखि ३.६० सम्म  जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको पनि बोर्डले सार्वजनिक गरेको नतिजामा उल्लेख छ।२.८० देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ रहेको बताइएको छ।

यस्तै, २.४० देखि २.८० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ।२.००देखि २.४० सम्म  जिपिए ल्याउनेको संख्या १ लाख २ हजार २९३ रहेको बोर्डले बताएको छ।२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए।

गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।गत वर्ष ३.६०देखि ४.०० जिपिए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेको छ।

IME Remittance