दुलही विदा गर्ने वेलाकाे धुन

परम्परागत विवाहमा विवाहका विभिन्न माेड र कृया अनुरूपका फरक फरक राग हुन्थे । यस पद्धति अनुसार दुलही अन्माउने मुहुर्तमा बजाइने राग यस्ताे हुन्थ्याे कि त्यसले माइती एवम् जन्ती सबैकाे मन रूवाइदिन्थ्याे । एकातिर दुलही रूदै डाेलीमा चढ्थिन भने अर्का तिर माइती रूदै घर भित्र पस्थे । ठीक त्यही माैकामा नाैमति बाजाकाे हृदय विदारक धुनले मन झनै विदीर्ण बनाइदिन्थ्याे ।

IME Remittance