जनगायक जेबी टुहुरेको निधन

१० भदौ, काठमाडौं । जनगायक  जेबी टुहुरे (जुठबहादुर खड्गी)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग समेत थियो ।

२०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । उहाँले डेढ सयभन्दा बढी प्रगतिशील गीत गाउनुभएको छ । १५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका टुहुरेको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत चर्चित छ ।२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसनसमेत स्थापना गरिएको छ । फाण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका छिन् ।

टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ

IME Remittance