नसुनूँ त केही खबर अन्योलमै बस्नुपर्छ
सुन्यो कि त नयाँ खबर श्रद्धाञ्जली भन्नुपर्छ
जन्ममृत्यु जिन्दगीको रीत नै थियोे
तर किन यो मौसम श्रद्धाञ्जलीको जस्तो भयो
आँखा खोलूँ जताततै तस्वीर मात्रै देखिन्छ
तस्वीर हेरुँ त्यहाँभित्र वियोगान्त कथा भेटिन्छ
संयोगवियोग समयको चक्र नै थियोे
तर किन यो मौसम श्रद्धाञ्जलीको जस्तो भयो
नदेखूँ झै लाग्छ यहाँ सन्नाटा छाएका पलपनि
नलेखु झै लाग्छ अझै अप्रिय लाग्ने शब्दपनि
प्रियअप्रिय क्षण सहनु बाध्यता नै थियोे
तर किन यो मौसम श्रद्धाञ्जलीको जस्तो भयो
बाहिर जाउँ कहिँ जाने अनुमति नै छैन
घरमै बसूँ चइनको कुनै अनुभूति छैन
सहजअसहज महसुस गर्ने यो मन नै थियोे
तर किन यो मौसम श्रद्धाञ्जलीको जस्तो भयो
यही धर्तीमै जन्मिएर यही धर्तीमा विलाउनुपर्छ
जानेहरु गए पनि बाँच्नेले जीवन चलाउनुपर्छ
पाउनुगुमाउनु जीवनको सौन्दर्य नै थियोे
तर किन यो मौसम श्रद्धाञ्जलीको जस्तो भयो ।