प्रभु बैंकका सीईओ अशोक शेरचनको ‘प्रार्थना‘गीत सार्वजनिक

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको शब्द रचनामा ‘प्रार्थना’ नामक गीत सार्वजनिक भएको छ ।

गीत गायक प्रकाश सपुत र मेलिना राईले गाएका हुन् । कोरोना संक्रमितको स्वास्थ्यलाभको कामना गीतमा गरिएको छ भने संक्रमणबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

‘प्रार्थना’मा गायक सपुत र गायिका राईको आफ्नै अभिनय छ, जसमा गीतको संगीत संयोजन योगेश काजीले गरेका छन् भने भिडियोको निर्देशन प्रवेश पौडेलले गरेका छन् ।